
भारतीय राष्ट्रपती प्रबण मुखर्जीलाई पोखरामा कालो झण्डा देखाइएको छ । सुरक्षाकर्मीले सडकमा कडा सुरक्षा ब्यबस्था मिलाएपछि आकाशमा ब्यालुन उडाएर कालो झण्डा देखाइएको थियो ।प्रहरीले विप्लव माओवादी कास्कीका चार जना कार्यकर्तालाई पक्राउ पनि गरेको छ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पोखरा भ्रमणको विरोध गर्दै कालो झण्डा सहितको बेलुन उडाएपछि उनीहरुलाई पक्राउ गरेको हो ।
मुखर्जी पोखरा बिमानस्थलमा ल्याण्ड हुने समय पारेर पोखरा विमानस्थल नजिकै कालो झण्डा सहितको १३ वटा बेलुन उडाइएको थियो ।
पक्राउ पर्नेमा नेकपा माओबादीद्वारा गठित कास्की जिल्ला जनसरकार प्रमुख नन्दलाल तिवारी, माओबादी गण्डक ब्युरो सदस्य भिम चापागाईं तथा टिकाराम घिमिरे र बमबहादुर हिताङ मगर रहेका छन् ।