इस्लामावाद/पाकिस्तानको बन्दरगाह सहर कराँचीमा बिहीबार बिहान यात्रुवाहक दुई वटा रेल एक आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य ४५ जना घाइते भएका अस्पताल स्रोतले जानकारी दिएको छ । People look for victims in the wreckage of the trains in Karachi, Pakistan, Thursday, Nov. 3, 2016.   Pakistani officials say a train crash has killed dozens of people in the southern port city of Karachi.  (AP Photo/Shakil Adil) कराँची सहरमा अवस्थित जिन्नाह अस्पतालका प्रवत्ता सीमी जमालीले घटनास्थलबाट २१ वटा शव र ४५ जना घाइतेलाई अस्पतालमा ल्याइएको जानकारी दिनुभयो । मृतक मध्ये कम्तीमा २ जना बालबालिका र तीन जना महिला रहेका पनि प्रवक्ता जमालीले बताए । क्वाडाफी रेलस्टेशनमा फ्यारिड एक्सप्रेस रोकिईरहेका बेला उही रेललिकबाट उही गन्तव्य तर्फ आईरहेको जक्रिया एक्सप्रेस आएर ठक्कर खाएको पाकिस्तान रेलवेका उपप्रवन्धक नसिर अजिजले जानकारी दिए । उनले दिएको प्रारंभीक विवरणहरुका अनुसार जक्रिया एक्सप्रेस रोक्न खोज्दा पनि नरोकिएकाले दुर्घटना भएको हो । दुवै रेल पाकिस्तानको पूर्वी क्षेत्रमा पर्ने पञ्जावबाट आईरहेका थिए । रेलवे कार्यालयले घटनाका बारेमा अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गरिने जानकारी दिएको छ । दुर्घटना भएको धेरै समयपछिसम्म पनि उद्धारकर्ताहरुले रेलभित्र थिचिएकाहरुको उद्धार गरिरहेका थिए । घाइते मध्ये टाउको र घाँटीमा चोट लागेका केहीको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले जनाएको छ । पाकिस्तानी सेनाको इन्जीनियरिङ इकाइले रेलमार्ग खुलाउनका लागि रेलमार्गमै रहेका ती दुवै रेललाई हटाउने काम गरिरहेका छन् । पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफलले घटनाप्रति दुःख व्यक्त गर्दै घाईतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न अधिकारीहरुलाई निर्देशन दिएकाे छ । रासस/सिन्ह्वा