पोखरा/भारतीय राष्ट्रपति प्रणव मुखर्जीको शुक्रबार हुने पोखरा भ्रमणको पूर्वतयारी स्वरुप आज पूर्वअभ्यास गरिएको छ । [caption id="attachment_18407" align="alignnone" width="1024"]भारतीय राष्ट्रपति प्रणव मुखर्जीको शुक्रबार हुने पोखरा भ्रमणको पूर्वसन्ध्यामा बिहीबार पोखरामा गरिएको पूर्वाभ्यास । तस्बिर: बासुदेव पौडेल, पोखरा, रासस भारतीय राष्ट्रपति प्रणव मुखर्जीको शुक्रबार हुने पोखरा भ्रमणको पूर्वसन्ध्यामा बिहीबार पोखरामा गरिएको पूर्वाभ्यास । तस्बिर: बासुदेव पौडेल, पोखरा, रासस[/caption] राष्ट्रपति मुखर्जी सर्वप्रथम आउने पोखरा विमानस्थलदेखि उनले केही समय आराम गर्ने होटल पोखरा ग्रान्ड र पूर्व भारतीय गोर्खा सैनिकलाई सम्बोधन गर्ने भारतीय पेन्सन क्याम्पसम्म पूर्वअभ्यास गरिएको हो । पूर्वाभ्यासमा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराल, नेपाली सेनाका पश्चिम पृतनापति जगदीशचन्द्र पोखरेल, कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलगायतको उपस्थिति थियो । राष्ट्रपति भ्रमणका लागि आवश्यक सम्पूर्ण तयारी लगभग अन्तिम चरणमा पुगेको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले बताए ।