धरान/भारतीय राष्ट्रपति प्रवण मुखर्जीको सम्मानमा भारतीय दुताबासले आफ्नै कार्यालयमा गरेको भोजमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायतका एमाले नेताहरु उपस्थित नभएपछि अहिले व्यापक चर्चा परिचर्चा हुन थालेको छ । [caption id="attachment_18390" align="alignnone" width="1024"]राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गर्नुभएको राजकीय भोजमा आफ्नो मन्तव्य व्यक्त गर्नुहुँदै नेपालको तीन दिने राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी । तस्बिर: रत्न श्रेष्ठ, रासस राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गर्नुभएको राजकीय भोजमा आफ्नो मन्तव्य व्यक्त गर्नुहुँदै नेपालको तीन दिने राजकीय भ्रमणमा रहनुभएका भारतका राष्ट्रपति प्रणव मुखर्जी । तस्बिर: रत्न श्रेष्ठ, रासस[/caption] कार्यक्रममा निम्तो भए पनि एमाले अध्यक्षसमेत रहेका ओली सहभागी नभएको बताइएको छ । उनी मात्रै हैन, पूर्वप्रधामन्त्रीहरु मधवकुमार नेपाल र झलनाथ खनालसमेत कार्यक्रममा सहभागी बनेका थिएनन् । एमालेबाट अधिकांस नेताहरुको उपस्थिति नहुँदा भने के कारणले यस्तो भएको हो भन्दै अहिले व्यापक चर्चापरिचर्चा भइरहेको हो । तर, एमाले निकटस्थहरुले पूर्वप्रधानमन्त्रीहरुलाई निम्ता नभएकाले नै उपस्थित नभएको जिकिर गरेका छन् । सोसल मिडियाहरुमा भने ओली यस्ता राजकीय भोजहरुमा सहभागी नभएकोमा खुसी व्यक्त गरेका छन् । ओलीका पिए राजेश बज्राचार्यले भने दुताबासको कार्यक्रममा निम्तो नभएकै कारणले सहभागी नबेनेको बताएका छन् । उनले यो विषयमा किन यस्तो ठूलो इस्यु बनिरहेको छ त्यो आफूलाई थाहा नभएको बताए । कतिपयले त्यहाँ नजानुलाई ठिक ठानेका छन् भने कतिपयले आलोचनामसते गरेका छन् । भारतीय राष्ट्रपति मुखर्जी बसेको हयातमा आज एमाले अध्यक्ष ओली भेटघाटको लागि जाने भएका छन् ।