bimalधरान/जम्मु कश्मीरको सीमा रेखामा भएको गोलाबारीमा भारतीय सेनामा कार्यरत धरानका एक युवाको मृत्यु भएको छ । कष्मिरका भारतीय सेनाका प्रवक्ता मनिस मेहताका अनुसार सोमबार राजोउरीमा भएको गोलाबारीमा भारतीय सैनिकमा गोर्खा राईफल्समा कार्यरत धरान -११का २० वर्षीय बिमल तामाङ रहेको मृत्यु भएको प्रबक्ता मेहताले बताएका छन् । बिमल दुईबर्ष देखि भारतीय सेनामा सेवारत थिए ।बिमल बलबहादुर स्याङबो (तामाङ ) र आमा नरमाया तामाङको कान्छो छोरा हुन् ।