धरान/अमेरिकामा आउँदो आठ नोभेम्बरमा हुने राष्ट्रपति पदको मतदानको माहौल तातिदै गएको छ । hilari केही दिन अघिसम्म डेमोक्रेटिक उम्मेद्वार हिलारी क्लिन्टनको मत प्रतिशत बढिरहेका बेला अहिले फेरी रिपब्लिकनका उम्मेद्वार डोनाल्ड ट्रम्प अघि देखिएका छन् । मतदान हुन एकसाता बाँकी रहँदा गरिएको मत सर्वेक्षणले ट्रम्प अघि देखिएका छन् । उनी एकप्रतिशत मतले अघि देखिएको विविसीले जनाएको छ । एबीसी न्युजको एक पोलमा रिपब्लिकन उमेदवार ट्रम्पले ४६ प्रतिशत र प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई ४५ प्रतिशत समर्थन रहेको पोलमा उल्लेख छ । यस अघि गरिएको पहिलो सार्वजनिक मत सर्वेक्षणमा हिलारी सात अंकले अघि थिइन् । नयाँ मत सर्बेक्षणले दुबै उमेदवारबीच कडा प्रतिस्पर्धा हुने सम्भावना देखाएको छ । हिलारी यस अघिका अमेरिकी राष्ट्रपति विल क्लिन्टनका पत्नी हुन् ।