जयपुर (भारत)/भारतको राजस्थानमा आइतबार दुई भिन्नाभिन्नै सडक दुर्घटनामा परी कम्तीमा आठ भारतीयको मृत्यु भएको प्रहरीले जनाएको छ । राजस्थानको टङ्क जिल्लामा एउटा जिपले रोकिराखेको राजस्थानको ट्रकलाई ठक्कर दिएपछि गुडिरहेको उक्त जिप सडकमा पल्टिँदा तीन महिला, एक तीनदिने शिशु र दुई जना अन्य गरी पाँच जनाको मृत्यु भएको थियो । यस्तै कोटा जिल्लामा शनिबार भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको र ११ जना घाइते भएको बताइएको छ । राति गुडिरहेको बसको नियन्त्रण गुम्दा सडक नजिकै रहेको बस्तीमा ठक्कर दिएपछि तीन जनाको मृत्यु भएको र स्थानीयसहित १० जना घाइते भएको प्रहरीले बताएको छ । रासस/पीटीआई