धरान/भारतीय प्रहरीले पाकिस्तान उच्चायोगका एक कर्मचारीलाई जासुसको अभियोगमा नियन्त्रणमा लिएको छ ।

दिल्ली प्रहरीको अपराध शाखाले महमुद अख्तर नामक कर्मचारीलाई नियन्त्रणमा लिएको हो । यसअघि भारतले पाकिस्तानी उच्चायुक्त अब्दुल बाशितलाई फिर्ता पठाएको थियो ।
उच्चायोगका कर्मचारी अख्तरलाई दिल्लीबाट सुरक्षा मामिला सम्बन्धी केही दस्ताबेजसहित हिरासतमा लिइएको बताइएको छ । र, हाल सोधपुछका लागि चाणक्यपुरीस्थित कार्यालयमा लगिएको भारतीय समाचार एजेन्सी पिटीआईले जानकारी दिएको छ ।