surtiभद्रपुर/जर्दा मिलाएको सुर्ति बरामद भद्रपुर भारतवाट नेपाल ल्याउदै गरेको जर्दा मिलाएको ६० बोरा सुर्ति प्रहरीले बरामद गरेको छ । भद्रपुर स्थित मेचीनदीको बगरमा वेवारिसे अवस्थामा रहेको सुर्तिलाई वडा प्रहरीको टोलीले वुधवार साँझ अन्दाजी साढे ६ वजे फेलापारी नियन्त्रणमा लिएको हो ।

मेची नदीवगरमा सुर्ति राखिएको सुचनाका आधारमा गएको प्रहरी टोलीलाई कोहि कसैले सामनाको जिम्मा लिन नआएको साथै मेचीनदी तारेर नियन्त्रणमा लिइसकेपछी व्यापारी आएको वडाका इन्सपेक्टर राजन कुमार न्यौपानेले बताए । व्यापारीको नियत भन्सार छलेर दायाँवायाँ लैजाने देखिएकोले घट्नापश्चात जिल्ला प्रहरी कार्यालयका मुद्धा फाँटका इन्सपेक्टर गणेश चन्द्र कोइरालाको नेतृत्वको टोलीले जिल्लामा लगेको न्यौपानेले जनाएका छन् ।

वेवारिसे अवस्थामा प्रहरीले फेला पारेको सुर्तिलाई आवश्यक कारवाहीका लागी विहिवार मेची भन्सार कार्यालय पठाइने जिल्ला प्रहरी कार्यालका एसपी शैलेस थापा क्षेत्रीले बताए । यस भन्दा अघिपनि पटक पटक जर्दा मिलाएको सुगन्धित सुर्ति प्रहरीले बरामद गरेको थियो । बरामद भएको सुर्ति जेपी शर्माको भएको प्रहरी श्रोतले जानकारी दिएको छ । व्यापारीले भने नाउमा ल्याउनुपर्ने भएकोले ढिला भएको बताएका छन् । भन्सारलाई जानकारी गराई ल्याउदै गरेको सुर्ति प्रहरीले वेवारिसे भन्न नमिल्ने उनिहरुको भनाई छ । सुर्तिको मुल्य करिब साढे १० लाख रुपैया पर्ने वुझिएको छ ।