धरान/ भद्रपुर छोटी भन्सार कार्यालयमा व्यापारीसँग हुने गतिविधिमा अझै सुधार आएको छैन । भन्सार वरपर सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारी तैनाथ भएपनि भन्सार भित्रैबाट कम मूल्याङ्कन गरी कारोबारीले सामान लैजाने क्रम नरोकिएपछि सुधार हुन नसकेको हो ।भारतको सिलगुडीबाट उठाएको सामान काँकडभिट्टास्थित मेची पुल भएर मेची भन्सारमा सजिलै आउने भएपनि कारोबारीहरुले जोखिम मोलेर गलगलिया नाकाहँदै डुङ्गा र राँगागाडीको प्रयोग गरेर भद्रपुरको मेची नदी पार गराएर छोटी भन्सारमा ल्याउने गरेका छन् ।

[caption id="attachment_17092" align="aligncenter" width="900"]mi-1 छोटी भन्सार कार्यालयले कम मुल्याङकन गरेर छाडेका सामान हरु । तस्विर/ दीपेन्द्र कार्की[/caption]

दैनिक लाखौं मूल्यबराबरका कपडा, जुत्ताचप्पल, जर्दा मिलाएको तयारी सुर्ति लगायतका सामान भन्सार आउनुमा भन्सार कर्मचारीले सहुलियत दिएको प्रष्ट देखिने स्थानीयको भनाइ छ । मेची भन्सारमा धेरै झन्झटिलो र धेरैलाई खुशी पार्नुपर्ने अवस्था आएकोले यो नाका सदाबहार र सरल रुपमा लिएको एक कारोबारीले बताए । राँगागाडी तथा नाउमा तारिएको सामानलाई कारोबारीले नदी किनारमानै पिकअप भेन लगेर भन्सार छिराउने र प्रज्ञापनपत्र काट्न ढिलो भएको बहानामा भर्खरै बनेको भ्mयालढोका बिनाको गोदाममा राखिने गरेको बुझिएको छ । त्यसरी राखिएको सामानलाई केही दिनअघि रातको समयमा सञ्जीव नाम गरेका व्यापारीका कामदारले पोका प्mयाँक्ने क्रममा अन्य व्यापारी समूहले विरोध जनाएका थिए । कामदारमध्येका एकजनालाई शिशाले खुट्टामा काटेपछि रातारात अस्पताल समेत लगेको घटनालाई भन्सार कर्मचारी र व्यापारीले गुपचुप बनाएको स्थानीय एक व्यक्तिले बताए ।

घटना भएको भोलिपल्ट असोजमा कार्यालय प्रमुख भएर आएका भन्सार अधिकृत रामराजप्रसाद चौरासियासँग घटनाको बारेमा करीब तीन घण्टा कार्यालयमा छलफल भएपनि नस्वीकारेको छलफलमा सहभागीले बताए । आपूmले घटना भएको प्रत्यक्ष देख्दासमेत घटनानै नभएको भनी स्पष्टीकरण दिएकोमा आश्चर्य लागेको उनीहरुको भनाइ छ ।नेकपा माओवादी केन्द्र भद्रपुर नगर संयोजक बुद्धिमान लिम्बू भन्सारको गतिविधिमा सुधार आउन नसकेको बताउँछन् । भन्सारले व्यापारीलाई हेर्ने दृष्टिकोण फरक रहेको हँुदा सबै व्यापारीले आप्mनो अवस्था अनुसार भन्सारबाट काम गर्न पाउनु पर्ने भएपनि सोअनुरुप हुननसकेको उनले बताए । पुरानो व्यापारी भन्दैमा एकलौटी शासन गर्न नमिल्ने उनको भनाइ छ ।

[caption id="attachment_17093" align="aligncenter" width="900"]mi-2 छोटी भन्सार कार्यालयले कम मुल्याङकन गरेर छाडेका सामान हरु । तस्विर/ दीपेन्द्र कार्की[/caption]

असोजमा अधिकृतको रुपमा आएका चौरसियालाई सम्पर्क गर्दा आपूm मिटिङमा रहेको एसएमएस पठाए । कात्तिक महिनाको लागि निर्माणकुमार भट्टराई आउने भनिए तापनि उनी छोटीमा एक दिन नआएको मौका पारेर भन्सारमा लुट मच्चाएको तरुण दल क्षेत्र नम्बर ३ का सभापति खड्ग लिम्बूले बताए । भन्सारमा कहिल्यै सुधार नभएकोमा उनले गुनासो गरे ।व्यापारी र कर्मचारीको मिलोमतोमा भन्सारले विना प्रज्ञापनपत्र सामान छाड्ने गरेपछि करीब एक महिनाअघि सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयबाट खटिएको विशेष टोलीले भद्रपुर बजारमा सामान रोकेको थियो ।भन्सारदेखि एक सय मिटर लक्ष्मीनारायण मन्दिर अगाडिको सडकमा पिकअप भेनमा लोड गरिएको ४ लाख मूल्यबराबरको ५ पोका लत्ताकपडा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सामानका विषयमा तत्कालिन छोटी भन्सारका अधिकृत दीपक अधिकारीले अहिलेकोे अवस्थामा भन्सार भित्रैबाट विना प्रज्ञापनपत्र सामान लैजानै नसक्ने दाबी गरेका थिए ।भद्रपुर छोटी भन्सार कार्यालयका कर्मचारीको मिलोमतोमा भ्रष्टाचार हुने गरेको समाचार यसअघि प्रकाशित भएपछि केही दिनका लागि मेची भन्सार प्रमुखसहित झापाका प्रहरी, प्रशासनले कडाइ गरेका थिए । हाल आएर सो कडाइ देखावटी भएको छ । भन्सार कर्मचारीले एक पोकालाई ४ हजारदेखि ४५ सय रुपैयाँसम्ममा काट्ने गरेकोमा हाल १५ देखि २० हजारसम्म पर्नेगरेको व्यापारीको दाबी छ । पोकालाई हाल पुनः भन्सार कर्मचारीकै मिलोमतोमा भन्सारभित्रै कारोबारीको सेटिङमा तस्करी गर्ने धन्धा मौलाएको देखिन्छ ।

[caption id="attachment_17094" align="aligncenter" width="900"]mi छोटी भन्सार कार्यालयले कम मुल्याङकन गरेर छाडेका सामान हरु । तस्विर/ दीपेन्द्र कार्की[/caption]