पोर्टस्माउथ, (संयुक्त राष्ट्र संघ) / अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो प्रतिश्पर्धी हिलारी क्लिन्टनलाई लागूऔषध परीक्षण गर्न माग गरेका छन् । अमेरिकी राष्ट्रपति पदका लागि दुई सशक्त प्रत्याशी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पबीच आगामी प्रत्यक्ष टेलिभिजन बहस कार्यक्रम भन्दाअगाडी हिलारीको परिक्षण हुनु पर्ने शनिबार ट्रम्पले माग गरेका हुन् ।
ट्रम्पले आफ्नो प्रतिश्पर्धी क्लिन्टनले यस अघि भएका संयुक्त बहस सुरु हुनुभन्दा अगाडी पनि लागुऔषध प्रयोग गरेको आरोप लगाएका छन् ।
बहसका क्रममा क्लिन्टनको प्रस्तुती राम्रो हुनुमा लागूऔषधको प्रभाव हुन सक्ने ट्रम्पको आरोप छ । उहाँले क्लिनटनलाई मतदान नगर्न समेत आह्वान गरेका छन् ।
रिपक्लीकन पार्टीका उम्मेद्धवार ट्रम्पलाई यौनदुव्र्यवहारको आरोप लागिरहेका बेला ट्रम्पले क्लिनटनलाई लागूऔषध प्रयोग गरेको आरोप लगाएका छन् ।
विदेशमन्त्री भएका बेला गोप्य इमेलहरुको दुरुपयोग गरेकाले आफु विजयी भएमा क्लिन्टनलाई जेल हाल्ने ट्रम्पले बताएका छन् । क्लिन्टनलाई जेलहाल्ने बताएपछि उनका समर्थकहरुले “क्लिनटनलाई थुन” भन्दै नारावाजी गरेका थिए ।
पछिल्लो बहसमा सहभागी भएका बेला क्लिन्टनले लागूऔषध सेवन गरे वा नगरेको बारेमा परीक्षण गर्न पनि ट्रम्पले माग गरेका छन् । आफ्नो पनि परीक्षण गराउन आफू तयार रहेको उनले बताएका छन् ।
पोर्टस्माउथमा आयोजित एक चुनावी सभामा सम्बोधन गर्दै ट्रम्सले “क्लिन्टन बहसको सुरुमा निकै उत्तेजित देखिएकी थिईन्, तर अन्तिममा भने निकै कमजोर देखिइन र आफ्नो कारसम्म पुग्न पनि निकै गाह्रो भएको थियो ।” भने दावी समेत गरेका समाचारमा उल्लेख छ ।
अमेरिकी राष्ट्रपति पदका लागि दुई सशक्त प्रत्याशी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र डोनाल्ड ट्रम्पबीच एक हप्ता अगाडी दोस्रो पटक प्रत्यक्ष टेलिभिजन बहस कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रभरी नै ट्रम्प र क्लिन्टनले एकअर्कामाथि हिलो छ्याप्ने र सकेदेखि एकअर्कालाई उम्मेदवारीबाटै सिध्याइदिनेसम्मको आक्रामक प्रयासमा लागे ।
कार्यक्रममा वर्तमान राष्ट्रपति बाराक ओबामाले अवलम्बन गर्नु भएका अमेरिकी रणनीतिहरु, इराक, सिरिया, अफगानिस्तान लगायतका मुलुकहरुमा गरिएको सहयोग इत्यादि बारे पनि ट्रम्पले तीब्र आलोचना गर्न भ्याए ।
दर्शकका प्रश्नका उत्तर दिने क्रममा ट्रम्पले हिलारीउपर अलि बढी नै रिस पोखी आक्रामक भएर प्रस्तुत भए भने हिलारी पनि के कम, ट्रम्पलाई व्यङग बाणको वर्षा गरी आच्छु आच्छु पारिन् ।