धनकुटा/ नेपाल तामाङ घेदुङका क्रन्द्रिय अध्यक्ष मोहन गोले तामाङले तामसालिङ प्राप्तीको ताम्सालिङ प्राप्तीको लागी तामाङहरुले पुर्ववाट आन्दोलन गर्ने दावी गरेका छन् । नेपाल तामाङ घेदुङ प्रदेश नं.१ प्रदेश समितिको आयोजनामा धनकुटाको हिलेमा सम्पन्न “वृहत तामाङ जनजागरण राजनतिक सभा तथा एतिहासिक प्रथम प्रदेश स्तरिय भेलालाई विहिवार धनकुटाको हिलेमा सम्वोधन गर्दै अध्यक्ष गोले तामाङले यस्तो वताएका हुन ।

pic-2

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तामाङले नेपाल नयाँ संविधान– ०७२ ले तामाङ जनताको अधिकारलाई स्थापित गर्न नसकेकाले तामाङ घेदुङले पुर्वबाट आन्दोलन गर्नु परेको स्पष्ट पारे । अध्यक्ष तामाङले नयाँ संविधानले तामाङ जातिको पहिचान ताम्सालिङ प्रदेशको सुनिश्चित गर्न नसकेको कारण संविधानमा संशोधन मार्फत ताम्सालिङको मुद्धालाई पुनर्लेखन गर्न दावाव दिन आन्दोलनको शुरुवात गरेको दावी गरेका छन् । उनले नेपालका लाखौं तामाङ जनता इतिहांसको लामो खण्ड देखी राज्यसत्तावाट ठगिदै आएकाले तामाङ जनताको मुक्तिको लागी अन्दोलनको विकल्प नरहेको वताएका छन् । उनले तामाङ घेदुङको आन्दोलन अव प्रदेश नं.३ अन्तर्गत तामाङहरुको वाहुल्य रहेको प्रदेश केन्द्रित आन्दोलन गर्ने समेत दावी गरेका छन् ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि अन्तराष्ट्रिय तामाङ परिषदका अध्यक्ष महेन्द्रजंङ योन्जन तामाङले दशै तिहार जस्ता चाडपर्व नजिकिदै गरेको भए पनि दशै तिहार भन्ने चाडपर्व तामाङको नभएको भन्दै प्रदेश नं. १ अन्तर्गतका १४ जिल्लावाट सहभागी हजारौं तामाङहरुलाई सुझाएका छन् । उनले तामाङ समुदाय वौद्धमार्गी भएकाले दशै तिहार तामाङ जनताले मान्नै पर्छ भन्ने नभएको र तामाङको मुख्य पर्व ल्होछार भएको वताए । नेपाल तामाङ घेदुङ प्रदेश नं.१ प्रदेश समितिका अध्यक्ष मित्रसेन योन्जन तामाङको अध्यक्षतमा सम्पन्न प्रदेश सभामा नेपाल तामाङ घेदुङका वरिष्ठ उपाध्यक्ष वेली लामा, उपाध्यक्ष सीता गोले तामाङ, केन्द्रिय सचिव रामकृष्ण व्लोन तामाङ, भाषा तथा साँस्कृतिक विभाग प्रमुख काजीमान थिङ तामाङ लगायतले भेलालाई सम्वोधन गरेका थिए ।

प्रदेश नं.१ अन्तर्गत विभिन्न जिल्लाबाट आ–आफ्नो भोषाभुषा र तामाङ साँस्कृतिक झाँकी सहित सहभागी तामाङ दाजुभाई तथा दिदिवहिनीहरुले स्थानिय सामुदायिक भवनमा सभा शुरु हुनु पुर्व हिले वजारको विभिन्न भागको परिक्रमा गरेका थिए । ¥यालीमा हजारौंको संख्यामा तामाङ दाजुभाई तथा दिदिवहिनीहरु साथमा तामाङ डम्फुरेहरु, लामा गुरुहरु, घान्वा तामवाहरु, म्हानिपा संघका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।वृहत सभाको संचालन प्रदेश नं.१ सचिव निरेन तितुङ तामाङले गरेका थिए भने स्वागत मन्तव्य जिल्ला घेदुङ धनकुटाका अध्यक्ष एवं भेला व्यावस्थापन समितिका संयोजक सिताराम थिङ तामाङले गरेका थिए । प्रदेश भेलाले आगामी चार वर्षको लागी नेपाल तामाङ घेदुङ प्रदेश नं.१ ले एक नं. प्रदेशमा संचालन गर्ने नीति, कार्यक्रम सहित कार्यदिसा तय गर्ने नेपाल तामाङ घेदुङ प्रदेश समितिले जनाएको छ ।

भेलामा प्रदेश अध्यक्ष मित्रसेन तामाङले एक सांगठानिक प्रतिवेदन प्रश्तुत गर्ने र जिल्लावाट सहभागी प्रतिनिधिहरुले आ–आफ्नो जिल्लाको वस्तुस्थिति र घेदुङको वारेको अध्यक्षको प्रतिवेदन माथि छलफल गरेर भावी कार्यदिशा तय गरिने जनाइएको छ । भेलामा एक नं.प्रदेशका १ सय ५० प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी रहेका छन् । भेला शुक्रवार सम्म संचालन हुनेछ ।