काठमाडौँ/नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आजदेखि पोखरा, भैरहवा र सिमरा उडान सुरु गरेको छ । nepal airlins दसैं, तिहारजस्ता पर्वमा यात्रुको सुविधालाई लक्षित गरी उडान भरिएको निगमका प्रवक्ता रामहरि शर्माले राससलाई जानकारी दिए । उनका अनुसार निगमको जहालले बिहान ६ः३० बजे पोखरा र १०ः३० बजे भैरहवा उडान भरेको छ । सिमराका लागि बिहान ८ः३० बजेको उडान तालिका रहेपनि आज उडान भएन । पोखराका लागि रु दुई हजार पाँचसय ५० रुपैया , भैरहवा तीन हजार २५ रुपैया र सिमराको दुई हजार २ सय २५ रुपैया  भाडा निर्धारण गरिएको निगमले जनाएको छ । निगमको सिमरामा पाँच वर्षदेखि उडान हुनसकेको थिएन । पोखरा र भैरहवामा भने जहाज बिग्रिएका कारण केहि महिनाअघि उडान रोकिएको थियो । निगमसँग आन्तरिक उडानका लागि चारवटा जहाज छन् । हाल तीनवटा जहाजले मात्रै उडान भर्दैआएका छन् । बिग्रिएको जहाज पनि मर्मत भइसकेकाले अबको पाँच दिनभित्रमा उडान भर्ने प्रवक्ता शर्माले बताए । निगमको हाल एक बोइङ र दुई एयर बस गरी तीन वटा जहाजले अन्तर्राष्ट्रिय उडान भर्दै आएको भने दुई वाइड बडी जहाज खरिदका लागि गत सोमबार ४५ दिने बोलपत्र आह्वान गरिसकेको छ ।