फिदिम/ काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ ।पाँचथर र ताप्लेजुङ जिल्लाको सिमाना भएर बग्ने कावेली नदीमा निर्माण गरिने ३७ दशमलव ६ मेगावाट क्षमताको सो आयोजना निर्माणको जिम्मा झिझ्याङ, टिडब्लु र सीडब्लू नामक चिनियाँ कम्पनीले पाएको आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए । Kabeli-Hydro यसअघि काबेली हाइड्रोपावर इनर्जी प्रालिले निर्माणको काम शुरु गरेपनि विवादका कारण अघि बढाउन सकेको थिएन । दशैंलगत्तै चिनियाँ कम्पनीले निर्माण कार्य अघि बढाउनेछन् । आयोजना प्रमुख श्रेष्ठकाअनुसार काबेलीमा बुटवल पावर कम्पनीको ५६ प्रतिशत र सिङ्गापुरको इन्फ्रा कम्पनीको ४४ प्रतिशत शेयर लगानी छ ।कूल १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजनामा पूर्वाधार निर्माणका काम सकिएकाले अब चाँडै नै हाइड्रो मेकानिकलतर्पmको काम शुरु हुनेछ । यसअघि कम्पनीले स्थानीयवासीसँगको सम्झौताविपरीत काम गरेको भन्दै स्थानीयवासीले आयोजना निर्माणमा अवरोध गर्दैआएका थिए ।हाल आयोजनामा पूर्वाधार विकासतर्पmको काम भइरहेको र आयोजना प्रभावित क्षेत्र पाँचथरको अमरपुर र पञ्चमी, ताप्लेजुङको थेचम्बु र नाङेल्याङ गाविसमा सडक निर्माणको काम पनि अन्तिम चरणमा पुगेको बताइएको छ ।