उर्लाबारी / मोरङ जिल्लामा प्रस्ताव गरिएको स्थानिय तहको पुर्नसंरचनाका विषयमा विवाद भएको छ । उर्लाबारीलाई केन्द्र बनाएर निर्माण गरिएको नगरपालिकामा समहित हुने गाविसलाई टुक्राइएको भन्दै विवाद भएको हो । जिल्लामा रहेका राजनितिक दलका नेताले क्षेत्रिय र स्थानिय स्तरमा रहेका नेताहरुस“ग छलफल नै नगरी एकलौटी रुपमा पुर्नसंरचना गरेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।
मोरङ क्षेत्र नम्बर ९ मा रहेका नेपाली काग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरुले विहीबार उर्लाबारीमा सर्वदलिय भेलाको आयोजना गरी स्थानीयको मनो भावना बुझेर पुर्नसंरचना गर्न माग गरेका छन् । सो भेलालाई सम्बोधन गर्दै कँग्रेसका क्षेत्रिय सभापति खड्ग फागोले जिल्लामा रहेका दलका प्रमुखहरुले आफुहरुसग“ कुनै छलफल र सल्लाह नै नगरी हचुवाको भरमा पुर्नसंरचना गरिएको भन्दै आपति जनाउदै भौगोलिक अवस्था र स्थानियबासीको माग अनुसार पुर्नसंरचना गर्नु पर्नेमा जोडसमेत दिएका छन । नेकपा एमालेका क्षेत्रिय अध्यक्ष गंगाप्रसाद बाँस्तोला, नेकपा–माओवादी केन्द्रका क्षेत्रिय सचिव पदम राईले हचुवाको भरमा सदरमुकाममा बसेर पुर्नसंरचना हुन नसक्ने बताउदै गल्ती सच्याउन माग गरेका छन ।
भेलामा सहभागीहरुले राजघाट गाविसलाई टुक्राएकोमा विरोध जनाउदै सिंगो राजघाटलाई नै उर्लाबारीमा समावेश गर्न माग गरेका छन् । राजघाटको वडा नम्बर १, २ र ९ लाई उर्लाबारी नगरपालिकामा र बाँकी अरु सबै वडालाई इटहरा गाउपालिकामा राख्न प्रस्ताव गरिएको छ । यस्तै रमितेखोला गाविसको १, ८ नम्बर वडा बाहेक अन्य वडालाई मात्र उर्लाबारी नगरपालिकामा समावेश गर्ने प्रस्तावको पनि विरोध भएको छ । रमितेखोलाका स्थानियबासीले सिंगो रमितेखोलालाई नै उर्लाबारी नगरपालिकामा समावेश गराउन माग गरेका छन् । यस्तै जाँतेको ३ र ४ नम्बर वडाका बासिन्दाले भने भौगोलिक अवस्थाका कारण आफुहरुलाई लेटाङ–भोगटेनी नगरपालिकामा नभएर उर्लाबारी नगरपालिकामा समावेश गराउन आग्रह गरेका छन् । नेपाली कांग्रेसका क्षेत्रिय सभापति खड्ग फागोको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।