धरान/नेकपा एमाले धरान नगर विशेष इलाका कमिटी प्रचार विभागले समुदायमा आधारित रहेर विविध सेवाहरु सूचारु गरेको छ । [caption id="attachment_13891" align="alignnone" width="960"]emale pressmeet तस्बिर: ब्लाष्ट/याेगेशबाबु काफ्ले[/caption] विभागले आजैबाट ९८५२०५६५२६ नम्बरकाे हटलाइन सेवासमेत सूचारु गरेको छ भने नेकपा एमाले धरान नामक फेसबुक पेज, श्री सूर्य साप्ताहिकलाई निरन्तरता दिने भएको छ । त्यस्तै पुस्तकालय सेवा, श्रमजीवी पत्रकारहरुको न्युनतम् पारिश्रमिकको लागि सरकारसँग पहल गर्ने बताएको छ । स्थानीय निकाय तथा संघ संस्थाहरुमा स्थानीय पत्रपत्रिकाहरुलाई दामासाही विज्ञापनको लागि पहल गर्नेसमेत निर्णय गरिएको प्रचार विभाग प्रमुख शेरबहादुर परियारले बताए । सरकारी विज्ञापनमासमेत समानुपातिक वितरण प्रणाली अपनाउनको लागिसमेत सरकारलाई ध्यानाकर्षण गराइने बताइएको छ । धरानबाट प्रकाशित प्रशारित समचारको विषयमा हुने गरेको समस्याको विषयमा मासिक छलफलसमेत गरिने निर्णय भएको प्रमुख परियारले बताए । नागरिकको स्वास्थ्यको लागि हरेक विहान स्वास्थ्य अभियानसमेत सञ्चालन गर्नेसमेत निर्णय भएको बताइएको छ । एमाले अध्यक्ष तारा सुब्बाले धरानमा पर्यटनकाे सम्भावना रहेकाे तर त्यसका लागि स सानाे विषयमा राजनीति गरेमा विकास नहुने बताए । त्यसका लागि सबै राजनीतिक दलहरु लाग्नु पर्ने बताए ।