बिराटनगर/मधेशी मोर्चाले उठाएको मागहरुको विषयमा प्रचण्ड नेतृत्वको सरकार उदासिन रहेको संघीय लोकतान्त्रिक फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै यादवले मधेसका समस्याका विषयमा अहिलेसम्म संसदमा छलफल नहुनुले त्यही देखाउने गरेको बताए । यादवले भने ‘प्रधानमन्त्रीले अहिलेसम्म संविधान संसोधन प्रस्ताव नलानुलाई हामीले गम्भिर रुपमा लिएका छौं ।’ उनले चाँडो भन्दा चाँडा संविधान संशोधनको प्रस्ताव सांसदमा लानको लागि सरकारलाई आग्रह गरे ।