तरहरा/ भौतिक निर्माण तथा यातायात मन्त्री रमेश लेखकले इटहरीस्थित कोशी अञ्चल यातायात कार्यालयको अथालिङ्ग अवस्थाप्रति असन्तुष्टि जनाएका छन् । आइतबार निरीक्षण गर्न पुगेका मन्त्री लेखकले कार्यालय सुविधासम्पन्न हुन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।लामो समययता भाडाको घरमा बसेको यातायात कार्यालयका कोठाहरु सानो र सुविधा राम्रो नभएको भन्दै फराकिलो ठाउँमा जग्गा खोजेर आप्mनै भवन बनाउन मन्त्री लेखकले कार्यालय प्रमुख रमेश दाहाललाई निर्देशन दिए । कार्यालय अस्तव्यस्त भएकोले आप्mनै भवन बनाउन उनले निर्देशन दिए ।

ramesh lekhak

‘सरकारी जग्गा अथवा जग्गा किनेरै भएपनि कार्यालयले आप्mनै भवन निर्माण गर्नुपर्छ’, मन्त्री लेखकले भने । यातायात कार्यालयका प्रमुख दाहालले महिनाको ९७ हजार रुपैयाँ घरभाडा तिर्दैआएको जनाए । कार्यालयले वार्षिक ६० करोड रुपैयाँभन्दा बढी राजश्व उठाउँदै आएपनि कार्यालय भने भाडामा सञ्चालन भइरहेकोले मन्त्रीको निर्देशन पालना गर्ने उनले बताए ।

अञ्चल यातायात कार्यालय लामो समयदेखि अव्यवस्थितरुपमा सञ्चालन हुँदैआएको छ । कार्यालयका ढड्डाहरु जथाभावी र बिचौलियाहरुले प्रयोग गर्दैआएको भन्दै सर्वसाधारण सेवाग्राहीले गुनासो गर्दैआएका छन् । बिचौलियाहरुको कारण सेवाग्राहीहरु मारमा पर्दैआएको भन्दै जिल्ला प्रशासन कार्यालयको निर्देशनमा कार्यालय छिर्ने गेटैमा प्रहरी परिचालन समेत गरेको भएपनि उक्त निर्देशन महिना दिनसम्म टिक्न सकेन । यता कार्यालय प्रमुख दाहालले भने कार्यालयको सेवालाई चुस्त–दुरुस्त बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन् ।

धरान–चतरा सडकखण्डको समस्याबारे मन्त्रीलाई जानकारी धरान/ धरान–चतरा सडकखण्डका वासिन्दामा सडकसम्बन्धी छाएको त्रासबारे नेपाली काङ्ग्रेस धरान नगर समितिले भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकलाई ध्यानाकर्षण गराएको छ । इटहरीको कार्यक्रममा आएका समयमा मन्त्री लेखकलाई नगर सभापति तिकल राईको नेतृत्वमा पुगेको टोलीले मौखिक ध्यानाकर्षण गराएको हो । मन्त्री लेखकले सडकका कागजातहरु मन्त्रालयमा चाँडै ल्याउनको लागि भनेको सभापति राईले बताए । सडक ऐन २०३१ अनुसार धरान–चतरा सडकखण्ड जिल्ला सडकमा परेको छ । उक्त सडकको मापदण्ड अनुसार ६२ मिटर छाड्नु पर्ने प्रावधान छ । अहिले धरान–चतरा सडकखण्डमा पर्ने स्थानीय जनताले सङ्घर्ष समितिनै गठन गरेर आन्दोलन थालेका छन् । मन्त्रीलाई जानकारी गराउनको लागि जिल्ला सदस्य गोविन्द बस्नेत, क्षेत्रीय सचिव मुरारी भट्टराई, पार्टीका नगर सचिव श्याम पोखरेल लगायत इटहरी पुगेका थिए ।