विजयपुर/सुकुम्बासी आन्दोलनलाई नयाँ ढङगबाट अगाडि बढाउनु पर्ने शनिबार धरानमा आयोजीत एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । सुकुम्बासी समस्या समाधान गर्ने भन्दा पनि सुकुम्बासी बढाउने खेलमा केहि राजनैतिक लागेको भन्दै सुकुम्बासी आन्दोलनलाई राष्ट्रिय आन्दोलनको रुपमा लैजानु पर्ने धारणा बक्ताहरुले राखेका छन् ।

नेपाल भुमिहीन सुकुम्बासी संगठनको प्रथम सम्मेलनमा बोल्दै संगठनका कार्यबाहाक अध्यक्ष मानप्रसाद लिम्बुले सुकुम्बासिको आन्दोलनलाई राष्ट्रिय आन्दोलनको रुपमा सुरु गर्नु पर्ने भन्दै अब टोलटोलमा सुकुम्बासी अधिकारका बारेमा बहस सृजना गर्नु पर्ने बताए । कार्यक्रममा बोल्दै एमाले धरानका अध्यक्ष तारा सुब्बाले एमालेले मात्र सुकुम्बासी समस्या समाधानका लागि नितीगत रुपमा काम गरेको बताए । धरान उपमहानगरभित्र रहेका सुकम्वासीहरुको ब्यबस्थापनका लागी एमालेले स्पस्ट भिजनै तयार पारेको बताउदै उनले सुकुम्बासी आन्दोलनलाई एमालेले नेतृत्व गर्ने बताए ।
अधिबेशनमा संगठनका केन्द्रिय सदस्य हितकाजी श्रेष्ठ,एमाले जिल्ला सचिवालय सदस्य पदमप्रसाद लिम्बु,जिल्ला कमिटी सदस्य तथा धरान नगर सह इन्चार्ज जयकुमार राई लगायतले सम्बोधन गरेका थिए । शनिबार सम्पन्न सम्मेलनले नरेन्द्र राईको अध्यक्षतामा ४१ सदस्य कमिटी चयन गरेको एमाले धरानका प्रचार विभाग प्रमुख शेर वहादुर परियारले जानकारी दिए । सम्मेलनले उपाध्यक्षमा सह गिरी , सचिव गोपाल सुवेदी , उप सचिव केन्द्र कुमार याक्सो र कोषाध्यक्ष निता राईलाई चयन गरेको छ ।
त्यसैगरि सदस्यहरुमा नर वहादुर लिङथेप , तारा लिम्वु , निता राई , किशोरी कुमारी देवान , प्रेम वहादुर तामाङ , लिला गुरुङ , जय वहादुर माझी , कृष्ण वहादुर तामाङ , याम वहादुर , रन्जिता कट्वाल , रोृहित राई , भरत तामाङ , वद्री केसी , सुष्मा मगं्राती , जीत वहादुर तामाङ , जगत वहादुर श्रेष्ठ , मान वहादुर मगर , केशव कालिकोटे , तारा परियार , अर्जन वास्फोर , सरिता गुरुङ , गुणराज सेवदी , लोक माया राई , डिकराम राई , विर्ष वहादुर राई , मोहन प्रसाद दुलाल , भतm राई , कुमार राई , डम्वर कुमारी देवान लगायत चयन भएका छन । सम्मेलनको सञ्चालन चन्द्र भुजेलले गरेका थिए ।