काठमाडौँ/प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का नेता माधवकुमार नेपालबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानमन्त्रीको भारत भ्रमणमा केन्द्रित भएर छलफल भएको छ । Nepalese caretaker Prime Minister Madav Kumar Nepal (R) and Unified Communist Party of Nepal (Maoist) Chairman Pushpa Kamal Dahal, also known as 'Prachanda' (L), talk while they leave parliament after casting their vote for the prime minister's post in Kathmandu on August 23, 2010. Nepal's parliament failed for the fifth time to elect a new prime minister on August 23, leading the president to warn that citizens could lose faith in democracy after a three-month leadership vacuum. Nepal has been without a government since June, when former prime minister Madhav Kumar Nepal stood down under pressure from the opposition Maoist party to pave the way for a new power-sharing government. AFP PHOTO/Prakash MATHEMA सिंहदरबारस्थित संसद् सचिवालयमा भएको भेटवार्तामा उहाँहरुबीच नेकपा(माओवादी केन्द्र) र नेकपा(एमाले)बीच देखिएको तिक्ततालाई कम गर्दै प्रतिस्पर्धा र सहकार्यको बाटोमा अघि बढ्ने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहाल र पूर्व प्रधानमन्त्री नेपालबीच भएको करिब एक घन्टाको कुराकानीमा प्रधानमन्त्रीको भारत भ्रमण र बजेट मार्फत नेकपा (एमाले) नेतृत्वको सरकारले घोषणा गरेका कार्यक्रम र आयोजनालाई निरन्तरता दिने विषयमा छलफल भएको नेता नेपालका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए । उनीहरुबीच संविधान कार्यान्वयन र २०७४ माघभित्र सम्पन्न गर्नुपर्ने तीन वटा निर्वाचनको कार्यभार संविधानअनुसार नै समयमै सक्न के कसरी अगाडि बढ्ने भन्ने बारेमा समेत विस्तृत छलफल भएको बताइएको छ । रासस