इलाम/ करीब डेढ महिने लामो छलफलबाट इलाममा दश स्थानीय निकाय बनाउने सहमति भएको छ ।स्थानीय पुनःसंरचना आयोगले आठ निकायको प्रस्ताव गरेपनि यसले नागरिकको सेवा–सुविधा नहुने भन्दै सबै राजनीतिक दलका नेताहरुले दश प्रदेशमा लैजाने निष्कर्ष निकालेका हुन् ।जसमध्ये क्लष्टर नं.१ मा फाल्गुनन्द गाउँपालिका छ ।

ilam

यसमा साविक गाविसहरु चुलाचुली १ देखि नौ र साकफारा १ र २ रहेका छन् । जम्मा जनसङ्ख्या १९ हजार २ सय ७६ रहेको छ भने केन्द्र पेल्टीमारी चुलाचुली रहने छ ।क्लष्टर नं.२ मा माङमालुङ गाउँपालिकाको प्रस्ताव पारित भएको छ । जसको साविक गाविहरुमा बाँझोका सबै, साकफारा १ र २ बाहेक सबै वडा इभाङका छन् । यसको जम्मा जनसङ्ख्या १७ हजार ४६ छ र केन्द्र चतुरे (इभाङ) भञ्ज्याङ (बाँझो), भालुटार मध्ये एक रहने छ ।यस्तै क्लष्टर नं. ३ मा माईखानी गाउँपालिका हुनेछ । जसमा साविक गाविसहरु दानाबारी, महमाई सबै चिसापानी ४, ६ र ७, लक्ष्मीपुर ५ गरी जम्मा जनसङ्ख्या ३२ हजार एक सय ८४ रहने छ भने केन्द्र शितली बजार दानाबारी हुने छलफलमा जनाइएको छ ।क्लष्टर नं ४ महाभारा वा फाकफोक गाउँपालिका रहने बताइएको छ ।

जसमा साविक गाविस सङ्ख्या फाकफोक, आमचोक फुएतप्पा, लुम्दे, गजुरमुखी, एकतप्पा सहित जम्मा जनसङ्ख्या २४ हजार एक सय १५ हुनेछ भने केन्द्र दोभान रहने जनाइएको छ ।क्लष्टर नं ५ देउमाई नगरपालिकाको नाम यथावत् रहने जनाइएको छ । जसमा साविक देउमाई नपा, जीतपुर, सिद्घिथुम्का, साङरुम्बा ७, ८ र ९, शान्तिडाँडा ५ देखि ९ सम्म र चमैता छन् । यसको जनसङ्ख्या ३४ हजार एक सय १६ रहेको छ भने केन्द्र देउमाई नगरपालिका रहने सहमति भएको हो ।क्लष्टर नं.६ मा साविक इलाम नगरपालिका, गोदक १ देखि ८, सोयाक, साङरुम्बा १ देखि ६, शान्तिडाँडा १ देखि ४, बरबोटे सबै, सुम्बेक, साँखेजुङ, माईपोखरी १ देखि ३ गरी जम्मा जनसङ्ख्या ४७ हजार तीन सय ६५ र केन्द्र इलाम नगरपालिका रहने छ ।क्लष्टर नं. ७ मा बालागुरु गाउँपालिका रहने छ । जसका साविक गाविसहरुमा नयाँबजार, जोगमाई १ देखि ७, नामसालिङ, सोयाङ, प्याङ र जमुना गरी जम्मा २१ हजार एक सय ४५ जनसङ्ख्या हुनेछ ।

यसको केन्द्र नयाँबजार गाविस रहने सहमति भएको छ । यस्तै क्लष्टर नं. ८ मा सूर्योदय नगरपालिका साविक नपा गाविसहरुमा सूर्योदय नगरपालिका, गोदक ९, जोगमाई ८ र ९, गोर्खे समालबुङ, श्रीअन्तु, पशुपतिगर र लक्ष्मीपुर २ र ५ बाहेक सबै रहने छ । यसको जनसङ्ख्या ५५ हजार ६ सय ७४ रहने छ भने केन्द्र सूर्योदय नगरपालिका फिक्कल रहनेछ । क्लष्टर नं. ९ रोङ गाउँपालिका रहने छ । साविक गाविसहरुमा कोलबुङ, शान्तिपुर, इरौंटार र जिर्मले गरी जम्मा जनसङ्ख्या १९ हजार एक सय ३५ रहने छ ।

यसको केन्द्र कोलबुङ गाविस रहने छ ।यसैगरी क्लष्टर नं. १० मा पुवामझुवा, माईमझुवा, माईपोखरी, सुलुबुङ, माबू र जमुना ७ बाहेक अन्य वडा रहने छन् । यसको जम्मा जनसङ्ख्या २० हजार ५ सय ७६ हुने र केन्द्र देउराली बजार रहने राजनीतिक दलहरुको लामो छलफलबाट सहमति भएर निष्कर्ष निकालिएको हो । इलाममा स्थानीय पुनः संरचनाबाट १० निकायको प्रतावित खाकालाई स्थानीय पुनः संरचना आयोगसमक्ष पु¥याउने राजनीतिक दलहरुको सहमति भएको हो ।