इटहरी / नेपाल आदिवासी जनजाति संघ इटहरी उपमहानगरको पहिलो अधिवेशन सम्पन्न भएको छ । तरहरामा भएको अधिवेशनले गोपाल (कालुराम) राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
नेपाली काँग्रेसका भातृ संगठनका रुपमा रहेको संघ नयाँ कार्य समितिको सचिवमा छत्रराज चौधरी र कोषध्यक्षमा संगिता राई चयन भएको अध्यक्ष राईले बताए । मंगलबार भएको अधिवेशनले समितिको सदस्यहरुमा सूर्य राई, सञ्जय चौधरी, तेजबहादुर श्रेष्ठ, किशोर राई, सुकमाया तामाङ, उमेश माझी, राकेश लिम्बू, अग्रदिप चौधरी, सुस्मा तामाङ, मनोजकुमार चौधरी र ज्योतिष चौधरी चयन भएका छन् ।
नेपाल आदिवासी जनजाति संघका केन्द्रीय महामन्त्री प्रशान्त राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेस सुनसरी सभापति राजिव कोइराला, संघका सुनसरी सभापति नन्दराज राई, नेपाल महिला संघ सुसनरी सभापति विजया कट्वाल, तरुण दल सुनसरी सभापति तथा नेपाली काँग्रेस महासमिति सदस्य सिजन गुरुङ, नेपाली काँग्रेस इटहरी उपमहानगर सचिव प्रकाश बस्नेतलगायको सहभागिता रहेको थियो ।