Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • विद्यालय छोडेर माछा मार्न जान्छन् विद्यार्थी

विद्यालय छोडेर माछा मार्न जान्छन् विद्यार्थी

alt
  • भदौ २०, २०७३
  • ब्लाष्ट खबर

fishing childखोटाङ /   जिल्लाको उत्तरी गाविस जलेश्वरी–४ बतासेका १५ वर्षीय ज्ञानबहादुर राई दैनिकजसो दूधकोसी किनारमा माछा मारिरहेका हुन्छन् । स्थानीय सिम्ले माविमा कक्षा–७ पढ्दापढ्दै विद्यालय छाडेका ज्ञानबहादुर गाउँकै साथीहरुसँग जाल, तियारी, भेले र झरौला बोकेर नदीमा माछा मार्दै हिँड्छन् ।

गाउँ नजिकै रहेको विद्यालयमा अध्ययनअध्यापन भइरहँदा सोही गाउँका १८ वर्षीय सुजन राई र १७ वर्षीय तारा राई पनि ज्ञानबहादुरसँगै दूधकोसीमा माछा मार्न गड्तिरमा घुमिरहेका हुन्छन् । दिउँसो विद्यालयमा पढ्नुपर्ने समयमा उनीहरु नदीमा माछाको खेवा खोज्दै तियारी, भेले थापिरहेका हुन्छन् । साँझ परेपछि पासो उठाउँछन्, अल्झिएको माछा सङ्कलन गर्छन् । अनि आलै बिक्री गर्छन् । उनीहरु माछा मार्नकै लागि गाउँभन्दा एक घन्टा तल दूधकोसी किनारमा पर्ने ओडारमा हप्ता दिनसम्म बास नै बस्ने गरेका छन् । बतासेका अधिकांश विद्यालय उमेरका बालबालिका कापी, कलम, पोसाक किन्ने खर्च जुटाउने बहाना बनाएर नदीमा माछा मार्न जाने गरेका छन् । सुदूरउत्तरमा पर्ने जलेश्वरी सोलुखुम्बुसँग जोडिएको गाविस हो । पढे पनि रोजगारीको ग्यारेन्टी नभएकाले पढाइलाई बिट मारेको नदी किनारमा भेटिएका ताराले बताए । “पढे पनि जागीर पाइन्छ भन्ने टुङ्गो छैन”, उनले भने, “त्यही भएर पढाइ छाडियो ।” कतिपयले घरको आर्थिकस्तर कमजोर भएका कारण पनि पढाइलाई निरन्तरता दिन नसकेको बताएका छन् । सुजन र ताराले कक्षा–९ पढ्दापढ्दै कक्षा छाडेका हुन् । स्थानीयवासीका अनुसार माछा मार्नका लागि दैनिकजसो १०/१२ जना बालबालिका ओढ्ने, ओछ्याउने, खाना, खाजा बोकेर नदी जाने गरेका छन् । बर्सेनि यो सङ्ख्या बढ्दो रहेकाले चिन्ताको विषय बनेको स्थानीय सिम्ले मावि जलेश्वरीका प्रधानाध्यापक नीरकुमार कट्टेलले बताउनुभयो । प्रअ कट्टेलका अनुसार कक्षा ९ र १० मा पढ्दापढ्दै विद्यालय छाड्ने छात्रको समूह बढी माछामा अलमलिने गरेका छन् । नदीमा उनीहरुले दैनिक पाँच/६ केजी माछा मार्ने गरेका छन् । मारिएको माछा जलेश्वरी, महेश्वरी, एँसेलुखर्कबाहेक सोलुखुम्बुको पञ्चन लगायतका गाउँमा खपत हुने गरेको छ । यसबाहेक नदी किनार हुँदै ओहोरदोहोर गर्ने बटुवाले समेत किन्ने गरेका छन् । आफूले मारेको माछा बिक्री गर्दा मासिक रु २०/२२ हजार हात लाग्ने गरेको उनीहरु बताउँछन् । माछा बिक्री गरेर आएको आम्दानीबाट घरमा नुनतेल, मासु खाने पैसा समेत जुटाउने गरिएको सुजनले बताउनुभयो । दूधकोसीमा पाइने माछा अन्य नदीको भन्दा स्वादिलो रहेको उपभोक्ताले बताएका छन् । रासस

सम्बन्धित समाचार
तेस्रो मुलुकबाट नेपाल भित्रिएका तीन कन्टेनर नियन्त्रणमा

भद्रपुर । झापाको पूर्वी नाका काँकडभिट्टा हुँदै तेस्रो मुलुकबाट भित्रिएका ती ...

कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक ...

मोटरसाइकल चोरीमा तीन दाजुभाइको संलग्नता

भद्रपुर । झापामा मोटरसाइकल चोरीमा संलग्न एकै परिवारका तीनसहित चारजनालाई प्र ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
तेस्रो मुलुकबाट नेपाल भित्रिएका तीन कन्टेनर नियन्त्रणमा
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक
मोटरसाइकल चोरीमा तीन दाजुभाइको संलग्नता
विकासोन्मुख हुँदा नेपाललाई फाइदा कि घाटा !
आजको राशिफलः २०८२ साल जेठ ६ गते मङ्गलबार
आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु:प्रधानमन्त्री
प्रधानन्यायाधीशद्वारा दुई आयोगका अध्यक्षलाई शपथ
नेप्से परिसूचक १९.३० अङ्कले बढ्यो, सात अर्बभन्दा बढीको कारोबार सय
प्रहरीद्वारा भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद
मुन्दम पदमार्गको प्रवर्द्धन गर्न राष्ट्रिय चित्रकला
कृषिमा बजेट बढाउन आवश्यकः सांसद केसी
कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको तयारी
छैटौँ चेयरमेन एमेच्योर गल्फ सम्पन्न
कटान अनुमति नलिएको काठ समितिको मिलबाट बरामद
टिपरको ठक्करबाट मोटरसाइकल सवार दम्पती घाइते
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved