भद्रपुर / सामान्य प्रशासन मन्त्री केशव कुमार बुढाथोकीले सामान्य प्रशासन मन्त्रालयलाई कर्मचारीको सरुवा र बढुवा गर्ने मन्त्रालय नसोच्न निजामती कर्मचारीलाई प्रष्ट पारेका छन् । अन्यायमा परेका कर्मचारीको भलाईका लागी मन्त्रालयमा आएको बताउदै सामान्य प्रशासान देशभरीको ठुलो मन्त्रालय हुने बताए ।
नेपाल निजामती कर्मचारी युनियन(संघ)झापाको २६ औं स्थापना दिवसलाई आइतवार झापाको जिविस सभाहलमा उद्घाटन गर्दै यस्तो बताएका हुन् । आस्थाको आधारमा कुनै कर्मचारी अन्यायमा परेमा मलाई जानकारी गराउनु भन्दै मन्त्री बुढाथोकीले कर्मचारीको मनोवल बढाउन सधै तयार रहेको उल्लेख गरे । कर्मचारीको सरुवा वर्षभरीनै भइरहेपनि साउन महिनामा किन बढी हतारो भएको वारे आफुले बुझ्न बाँकी रहेको बताए । खेलकुद र सामान्य मन्त्रालयमा काँग्रेसको ध्यान नपुगेको उल्लेख गर्दै देश निर्माणमा यस्ता मन्त्रालयको महत्वपुर्ण भुमिका रहने उनको धारणा थियो । निजामती प्रशासनलाई चुस्त र दुरुस्त बनाउनको निम्ती बनेका आयोगका फायल थन्किएर बसेको जानकारी दिदै मेरो कार्यकालमा ति प्रतिवेदनलाई बुद्धीजिवी, अवकास प्राप्त अनुभवीसंग मिलेर अध्ययन गरी प्रधानमन्त्री मार्फत सदनमा पेस गर्ने मुख्य उदेश्य रहेको जनाएका छन् । कर्मचारीले जुनसुकै क्षेत्रमा जान जागरुक देखाउने गरीको भुमिका निर्वाह गरिने उनले बताए । अव सदनको समय दुई वर्ष बाँकी रहेको हुदा सो समयभित्र तिन ओटा निर्वाचन गराउने दायित्व भएको उल्लेख गर्दै निजामती कर्मचारीलाई ध्यानमा राखी संघियतामा विश्वास राख्ने,सरोकारवाला,राजनैतिक प्रतिनिधित्व,पत्रकार, कानुन व्यवसायीसंग छलफल तथा अन्तरक्रिया गरी एक लाख कर्मचारीलाई ठोस रुपमा आफु सुरक्षीत रहेको महशुस गराउन दिर्घकालिन व्यवस्था मिलाउने कार्य चाडै शुरु गरिने उनले बताए । आफु काँग्रेसको मात्र नेता नभई झापाली दाई भएकोले झापामा देखिएका कर्मचारीको समस्या तथा सुधारका निम्ती सवै पक्षले कर्मचारीको नामावलीसहितको जानकारी गराइदिन अनुरोध गरेका थिए । कार्यक्रममा निजामती सेवामा रहेर अवकास प्राप्त आधा दर्जन भन्दा बढी कर्मचारी,राजनैतिक समाजसेवी पुर्णानन्द शर्मा दाहाल, महिला अभियन्ता गोमा भट्टराई,पत्रकार चिन्तामणि दाहाललाई सम्मान गरिएको थियो । त्यसैगरी जिल्ला प्रशासन कार्यालयका कार्यालय सहायक पृत बहादुर मगर र डिभिजन सडक कार्यालयकी नासु अम्बिका अधिकारीलाई वर्षभरीको उत्कृष्ट कर्मचारीमा प्रमाण पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा अवकास प्राप्त तथा सम्मानित कर्मचारीको तर्फवाट देवि प्रसाद घिमिरे,पेशागत संघ संगठनको तर्फवाट कृष्ण हुमागाई,निजामती कर्मचारीको आधिकारिक टूेड युनियनका झापा अध्यक्ष लक्ष्मी प्रसाद गुराँगाई,राजनितिज्ञ समाजसेवी पुर्णानन्द शर्मा दाहाल,युनियनका केन्द्रिय सदस्य दिपेन्द्र खत्री,संस्थापक अध्यक्ष तथा स्थानीय विकास अधिकारी खेमराज ओझा,प्रमुख जिल्ला अधिकारी मदन भुजेल,नेका झापा अध्यक्ष उद्धव थापा लगायतले कर्मचारीको विषयमा वोलेका थिए ।