धरान/निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको खर्चमा उपचार गर्न गएको एमाले पार्टीले स्पष्ट पारेको छ । पार्टीका अध्यक्षसमेत रहेका ओली नियमित स्वास्थ्य चाँजका लागि बैकक गएको पार्टीले बताएको छ । अहिले पूर्वराष्ट्रपतिलाई सरकारले उपचार खर्च दिएको विषयमा चर्को आलोचना भइरहेकाले पनि एमालेले पार्टी अध्यक्ष एवम् निवर्तमान प्रम ओली निजी खर्चमा उपचारका लागि गएको बताएको हो । ओलीसमेत सरकारी खर्चमा उपचार गर्न गएको भन्ने अफवाहलाई प्रष्ट पार्नको लागि सर्वसाधारणमा यो जानकारी दिएको हो । राज्यकोषबाट एकपैसा पनि नलिएको दाबी एमालेले गरेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले ओली पार्टीको व्यवस्थापन र निजी स्रोतबाट उपचार गर्न गएको प्रष्ट पारे । एमाले पार्टीले राज्यकोषबाट खर्च गरेको देखाउनको लागिसमेत खुलेआम चूनौति दिएकाे छ । यस अघि भने ओली सरकारी सहयोगमा उपचारका लागि गएका थिए ।