bal-krisna

विजयपु/रक्षामन्त्री बालकृष्ण खाणले संबिधान संस्थागत गर्न स्थानिय निकायको निर्बाचन गर्नुको बिकल्प नरहेको बताएका छन् । उनले आगामी चैत्र भित्रमा अहिलेको सरकारले स्थानिय निकायको निर्बाचन गराउने ठोकुवा समेत गरे ।स्थानिय निकायको निर्बाचन नभएकै कारण बिकाश निर्माणका कार्यहरुले गति लिन नसकेको बताउदै नयाँ संबिधान कार्यान्वयन सँगै देशलाई बिकाशको गतिमा अगाडि बढाउन स्थानिय निकायको निर्बाचन जरुरी रहेको खाँडले बताए ।

नेपाली काङग्रेशका केन्द्रिय सदस्य समेत रहेका उनले अबको निर्बाचनबाट काङग्रेश फेरीपनि ठुलो पार्टि बन्ने दाबि गरे । नेपाल तरुण दल सुनसरीको चौथो अधिबेशन उद्घाटन गर्न धरान आईपुगेका उनले मधेशका आन्दोलनलाई सम्बोधन गर्न संविधान संसोधन गर्नु बाहेक अर्को विकल्प नभएको समेत बताएका छन् । नेपाल तरुण दलका संस्थापक सभापति समेत रहेका मन्त्री खाणले रक्षाख मन्त्रालयको जिम्मेवार पाएसंगै नेपाली सेनालाई समेत लोकतान्त्रिकरण गर्दै लोकतन्त्रलाई बलियो आधार बनाउनेतर्फ आफ्नो जोड रहेको बताए ।अर्का बक्ता कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले नेपाली कांग्रेसको १३ औं महाधिवेशनपछि झन धेरै गुटबन्दी बढेकोप्रति चिन्ता ब्यक्त गरे । उहाले सच्चा नेपाली कांग्रेसले यसलाई रोक्नुपर्ने समेत बताए ।

धरान ८ स्थित सभागृहमा भएको चौथो महाधिवेशन उद्घाटनको क्रममा नेपाली कांग्रेसका केन्द्रीय स्तरका नेता, सांसद, जिल्ला, क्षेत्रीय, नगर स्तरीय नेताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।अधिबेशन उद्घाटन पुर्व तरुणदल ले धरानमा ¥यालि समेत निकालेको थियो । ¥यालिको संयोजन तरुणदल सुनसरीका उपाध्यक्ष तथा स्वयमसेवक परिचालन समितीका संयोजक सन्तोष बिकले गरेका थिए ।¥यालीमा झण्डै पाँच सय युवा सहभागि भएको आयोजकले दाबि गरेको छ । उपाध्यक्ष बिकले ¥याली मार्फत तरुण युवाहरु सधै एक भएर अगाडि बढ्ने संकेत दिन खोजेको बताए । अद्घाटन समारोह कार्यबाहक अध्यक्ष सिजन गुरुङको सभापतीतत्वमा सम्पन्न भएको थियो ।अधिवेशनबाट ३१ सदस्यीय कार्यसमिति चयन गर्ने आयोजकले जानकारी दिएको छ ।

यसमध्ये महिलाबाट दुई, आदिवासी जनजाति, दलित, मुस्लिम, पिछाडिएका वर्ग लगायतबाट ८ जना प्रतिनिधि समेच चयन गरिने कार्यबाहक सभापती सिजन गुरुङले जानकारी दिए । नयाँ कार्यसमितीलाई सर्बसम्मत रुपमा चयन गर्ने प्रयास भईरहेको नेपाली काङग्रेशका महाधिबेशन प्रतिनिधी पर्बत राईले जानकारी दिए । ‘नेतृत्व लिने साथीहरु धेरै हुनुहुन्छ,हामी सकभर सर्बसम्मत गराउने प्रयासमा छौं’ उनले भने । शनिबार सम्ममा तरुणदल सुनसरीले नयाँ कार्य समिती पाउने छ ।