धरान/ राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री बन्न पुष्पकमल दाहालले काङ्ग्रेस सभापति शेरबहादुर देउवासँग ९ महिनाको लागि तमसुक गरेको आरोप लगाएका छन् ।सुनसरी प्रदेश नम्बर १ का कार्यकर्ताहरुलाई स्थानीय निकायको निर्वाचनसम्बन्धी तीनदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थापाले प्रधानमन्त्री बन्नकै लागि दाहालले तमसुक गरेको बताए ।

kamal-thapa

उनले स्थानीय निर्वाचनका विषयमा अहिले सत्तारुढ दलहरुले नै विवाद खडा गरेर जनतामा अन्योल र अस्पष्टता सिर्जना गरेको बताए । ‘स्थानीय निर्वाचनको विषयमा सत्तारुढ दलहरुले नै विवाद खडा गरेका छन् ।’ उनले सम्बोधनका क्रममा भने ।अध्यक्ष थापाले यो सरकारले देशको सार्वभौमिकता कमजोर हुने खतरा बढाइरहेको धारणा राखे । संविधान बनाउने नाममा १० वर्ष अस्थिरतामा धकेलेर दलहरुले देशलाई अधोगतितर्पm उन्मुख गराएको उनको भनाइ छ ।

संविधान बनाएपछि देशमा शान्ति स्थापना हुन्छ, प्रजातन्त्र बलियो हुन्छ भनेर आम जनतामा आशा विश्वास रहे पनि सत्ताको फोहोरी खेलले जनता थप आजित भएको उनले बताए । उनले भने, ‘म तीन ठूला पार्टीहरुसँग सोध्न चाहन्छु– के जनताले संविधानमार्पmत् यही चाहेका हुन् त ?’उनले संविधान बनेको एक वर्ष पुग्न लागे पनि देशमा शान्ति, स्थिरता र आर्थिक विकासको सट्टा जनताको निम्ति थप खतरा भइरहेको बताए । प्रशिक्षण बिहीबारसम्म चल्ने छ ।

उद्घाटन कार्यक्रमअघि निस्किएको विभिन्न जातीय झाँकीसहितको ¥याली सभागृहमा पुगेर टुङ्गिएको थियो । कार्यक्रममा केन्द्रीय नेतादेखि जिल्ला तथा नगरका नेताहरुसमेत उपस्थित थिए । कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठले गरेका थिए ।