विजयपुर /नेपाली काङग्रेस धरान उपमहानगर र क्षेत्रिय कमिटीको कार्यालयमा नेपाल महिला सघं सम्बद्ध महिलाहरुले तालाबन्दि गरेका छन् । एसियाली बिकाश बैकको सहयोगमा धरानमा सञ्चालित भईरहेको खानेपानी आयोजनाको अनुगमन समितीमा प्रतिनिधी गरिकी उर्मिला प्रधानलाई बिना कारण र बिना जानकारी हटाईएको भन्दै महिलाहरुले पार्टि कार्यालयमा तालाबन्दि गरेका हुन ।

tala

अनुगमन समितीबाट उर्मिला प्रधानलाई हटाईएको बिषयमा उत्पन्न बिबाद मिलाउन भन्दै काङग्रेशका क्षेत्रिय सभापती सुरेशमान श्रेष्ठले शनिबार पार्टि कार्यालयमा छलफल आयोजना गरेका थिए । तर छलफलमा क्षेत्रिय सभापती श्रेष्ठ र नगर सभापती तिलक राई समेत उपस्थित नभएपछि महिलाहरु आक्रोशीत भएका भएका थिए ‘बिना कारण र जानकारी हटाईनु महिलामाथी भएको राजनैतिक हिंसा हो’ नेपाली काङग्रेशकी महाधिबेशन प्रतिनिधी मिना पुलामीले‘ उर्मिला प्रधानलाई पुनः सदस्यमा सिफारीस नगरे सम्म हामी ताला खोल्दैनौ ।

नेपाली काङग्रेशका नगर सभापती तिलक राईले भने पार्टि कार्यालयमा तालाबन्दि गर्नुको कुनै औचित्य नभएको भन्दै पार्टि कार्यालयमा तालाबन्दि गर्नेलाई अनुशासनको कारबाही गरिने बताए । अनुगमन समितीको रिपोर्ट पार्टिमा पेश नभएको र पार्टि सँग सम्पर्क नगरेका कारण अनुगमन समितीबाट फिर्ता बोलाईएको उनले बताए । यस बिषयमा पहिलेपनि छलफल भएको र प्रतिनिधित्व गर्नुपर्ने उपयुक्त ठाउमा पुनः पठाउन सकिने बताउदा बताउदै तालाबन्दि गरेर पार्टीलाई बिबादमा ल्याउने काम भएको उनले बताए ।