धनकुटा/ नेकपा एमाले स्थायी कमिटि सदस्य शकर पोख्रेलले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकार लोकप्रिय वन्दै गएपछि सरकारको विकल्प खोजी गरिएको वताएका छन् । उनले नेपालमा जति खेर सरकार लोकप्रिय बन्दै जान्छ त्यति खेर नै देशी तथा विदेशी शक्तिहरुले विभिन्न षडयन्त्र गरेर सरकार ढाल्ने काम हुने गरेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल धनकुटाले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेकपा एमाले स्थायि कमिटि सदस्य रहेका नेता पोख्रेलले भने मनमोहन नेतृत्वको सरकार जनप्रिय हुदै गएको अवस्थामा पहिले पनि अविश्वासको प्रस्ताव पेश गरि सरकार ढाल्ने काम भयो,अहिले पनि केपी ओली नेतृत्वको सरकारले लोकप्रिय कार्य गर्दै गएपछि अविश्वासको प्रस्ताव ल्याएर सरकार ढाल्ने काम भयो ।
[caption id="attachment_11862" align="alignnone" width="800"]
राष्ट्रिय सहमतिको सरकार वनाएर संविधान कार्यान्वयन गर्नुको साटो सरकार परिर्वतन गरेर काग्रेस र माओवादीले ठुलो गल्ती गरेको पोख्रेलको भनाई छ । संविधान कार्यान्वयन अहिले पहिलो आवश्यकता रहेको उल्लेख गर्दै नेता पोख्रेलले मुलुकलाई अहिले अस्थिरता तर्फ लैजाने काम भईरहेको वताए । देशको स्वाभिमानका आचँ आउने खालका कार्यहरु काग्रेस माओवादीवाट भए त्यस्को विरुद्ध आफ्नो पार्टी उत्रिने उनको हुँकार थियो । जिम्मेवार प्रतिपक्षको रुपमा रहेर वर्तमान सरकारलाई बजेट तथा निति,कार्यक्रम सञ्चालनमा सहयोग गर्दै जाने पोख्रेलले वताए । प्रेस चौतारी नेपाल धनकुटाका अध्यक्ष सन्तोष रुचालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सांसद टिकराम चेम्जोङ्ग,जिल्ला कमिटि अध्यक्ष राजेन्द्र राई,पुर्व सल्लाहाकार परिषद सदस्य गोपाल गुरागाई लगायतको जिल्ला नेताहरुको सहभागिता रहेको थियो ।
यसैविच स्थानिय निकाय पुनःसंरचनामा पार्टीको आधिकारीक धारणा तयार गर्न शुक्रवार नै नेकपा एमाले जिल्ला कमिटि धनकुटाले पार्टीको विस्तारित वैठकको आयोजना गरेको छ । स्थानिय निकया पुनःसंरचनाको सन्र्दभमा पार्टीको आधिकारीक धारणा तयार गर्ने उद्देश्यले विस्तारित वैठकको आयोजना गरिएको नेकपा एमाले जिल्ला कमिटि धनकुटाले जनाएको छ । विस्तारित वैठकको उद्घाटन गर्दै नेकपा एमाले स्थायि कमिटि सदस्य शकर पोख्रेलले जनतालाई वढि भन्दा वढि सुविधा दिने गरि स्थानिय निकायको पुनसंरचना गर्नुपर्ने वताए । विकासको प्रतिफल जनतालाई दिन सक्नुपर्ने उल्लेख गर्दै पोख्रेलले जिल्लाका नागरिकको सेवा सुविधाका लागी नगरपालिका र गाउँपालिका कस्तो वनाउने भन्नेमा विस्तृत योजना वनाएर अघि वढन पार्टीलाई निर्देशन दिएका थिए ।
नेकपा एमाले जिल्ला कमिटि धनकुटाका अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्थायि कमिटि सदस्य पोख्रेलले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दिर्घकालिन लाभ हुने योजना सहित आर्थिक वर्ष २०७३÷७४ को वजेट, निति तथा कार्यक्रम ल्याएको वताउँदै उनले वजेटले समेटेका महत्वपुर्ण पक्षहरुको वारेमा जानकारी गराएका थिए । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य सहित विस्तारिक वैठकको उद्देश्यको वारेमा जिल्ला पार्टी उपाध्यक्ष दुर्गा लिङ्गखाले प्रकाश पारेका थिए भने सञ्चालन उप–सचिव निरेन राईले गरेका थिए ।