धरान/अपराधमा प्रयोग हुने सामग्रीहरुको ल्याव परीक्षण अव पूर्वको धरानमा हुने भएको छ । क्षेत्रीय स्तरको प्रहरी विधि विज्ञान प्रयोगशाला (फोरेन्सिक ल्याव) धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना भएलगत्तै ल्याव परीक्षणहरु सबै यही हुने भएको हो । बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल प्रहरी बीच समझदारी पत्र आदानप्रदान भएको छ । नेपाल प्रहरी प्रमुख आइजिपी उपेन्द्रकान्त अर्यालको उपस्थितिमा बीपीका उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दास र अपराध अनुसन्धान विभागका प्रमुख एआइजिपी विज्ञानराज शर्माबीच सम्झौता पत्र आदान–प्रदान भएको हो । बीपीसँग ५ वर्षे सम्झौता भएको छ । सम्झौतामा एआइजिपी शर्मा र उपकुलपति दासले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षर भएसँगै पूर्वमा हुने गरेको अपराध सम्बन्धी ल्याव परीक्षण सबै धरानमै हुने भएको छ । जसमा भिसरा टेष्ट, लागूऔषध प्रमाणित, नक्कली पैसा, ब्यालेष्टिक, लिखत कागजात, गाडीहरुको नक्कली चेसिस र इन्जिनका नम्बरहरुसमेत सही हो÷होइन भनेर छुट्याउन सक्ने एआइजिपी शर्माले बताए । यस अघि सबैजसो ल्याव परीक्षणको लागि महाराजगञ्ज काठमाडौंमा मात्रै रहेको थियो । जसका कारण समयमा रिपोर्ट नआउँदा अनुसन्धानमा बाँधा हुने गरेको थियो । एआइजिपी शर्माले ५५ वर्ष अघिदेखि नै अपराध अनुसन्धान ल्यावमार्फत गर्दै आएको भए पनि सबैतिर सेवा पुर्याउन नसक्दा असहज भइरहेको अवस्थामा यहाँबाट सेवा सूचारु हुँदा सबैलाई सहज हुने बताए । प्रयोगशाला नेपालगञ्जमा पनि राख्ने तयारी भइरहेको उनले बताए । पूर्वबाट मात्रै मासिक ढेडदेखि दुईसयवटा घटनाका ल्यावटेष्ट काठमाण्डौ पठाउदा अनुसन्धानमा ढिलाई हुने समस्या अव हट्ने आइजीपी अर्यालले बताए । उनले फिंगर प्रिन्टबाट शुरुवात भएको ल्यावटेष्ट डिनए, भ्वाइस एलाइजर र डिजिटल ल्याबमा विस्तार भए पनि अझै प्रयाप्त नभएको बताए । प्रतिष्ठानका उपकुलपति दासले प्रहरी र वीपी प्रतिष्ठानबीच सहकार्यमा महत्वपूर्ण कार्य भएकोमा खुसी ब्यक्त गरे । सम्झौतामा हस्ताक्षर गर्न आयोजीत कार्यक्रम र हस्ताक्षर पछिका तस्विरहरु । तस्विर- उपेन्द्र चाम्लिङ /ब्लाष्ट खबर14138994_1113818808704014_838526410_o b1 b2 b3 b5