धरान /सेन्चुरी वैंकको धरान शाखामा मिलेमतोमा भएको करोडौं रुपैंया गोलमालमा मुछिएको ईमान्युएल ज्वेलरीले अवैध रुपमा वैंकिङ कारोवार गरिरहेको भेटिएको छ ।धरानको पुतलीलाईन स्थित ज्वेलरीले वैंक तथा वित्तिय संस्थाले जसरी पासवुक नै छापेर अवैध रुपमा वैंकिङ गतिविधि गरिरहेको भेटिएको छ ।
वजारमा प्रतिनिधि नै राखेर वचत संकलन र रिन लगानि गर्ने गर्ने गरेको पाईएको छ । करोडौं रुपैयाको वैंकिङ कारोवार गरिरहेको ज्वेलरीले वैंकिङ कारोवारका लागि न त राष्ट वैंकवाट अनुमति नै लिएको छ न त सहकारी विभागवाट स्विकृति नै लिएको छ । वैंकिङ कारोवारका राष्ट वैंक अथवा सहकारी विभागवाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको छ । संजय राई र उनकी श्रीमती कमला राई श्रेष्ठ संचालक रहेको ज्वेलरीले कर्मचारी नै राखेर वचत संकलन र रिन लगानी गर्ने गरेको व्लाष्टले वैंक घोटाला प्रकरणको खोजिका क्रममा वजारवाट ज्वेलरीको नाममा वनाईएको पासवुक नै फेला पारेको छ ।
सेन्चुरी घोटाला प्रकरण राष्ट वैंक ऐन र सहकारी ऐनमा वित्तिय संस्था र सहकारी वाहेकलाई यसरी वचत संकलन र रिन लगानी गर्न वन्चित गरिएको छ भने त्यस्तो कार्य गरेको पाईए गैरकानुनी एवं अवैध मानिने उल्लेख छ ।तर इमान्युएलका संचालक संजय र कमलाले भने कानुनको धज्जी उडाउँदै वैंकिङ कारोवार गरिरहेका छन् । संजयले यसअघि नै व्लाष्ट मार्फत आफुले सुन–चाँदी लगायतको धितो कारोवार गर्ने गरेको स्विकारी सकेका थिए । उनले आफुले सर्वसाधारण र पाटीहरुवाट धितोमा लिएर वैंकमा राखेको ८ करोड ३५ लाख वरावरको सुन गायव भएको दावी गर्दै आएका छन् । वैंक स्रोतले भने संजयको दावी अनुशार नभएको सवै काम तत्कालीन मेनेजर निखिल श्रेष्ठ , सुन जाँचकी कुमार श्रेष्ठ , संजय राई र उनकी श्रीमती कमला सहितको मिलेमतोमा करोडौ रुपैंया गोलमाल वनाईएको दावी गर्दै आएको छ । वैंक व्यवस्थापनले भने सर्वसाधारणले वचत गरेको पैसा जथाभावी वितरण गरेको विषयलाई लुकाउन नक्कली कागजात वनाएर ओडि लोनमा परिवर्तन गरेको विषय व्लाष्टले सार्वजनिक गरिदिएपछि मेनेजर निखिललाई एक तह घटुवा सहित कारवाहि , जाचकीलाई निष्काषन र संजय सहितको जग्गा जमिन रोक्का गरेर गोलमाल मिलान गरिएको जनाएको थियो ।
यति ठुलो गोलमालमा मुछिएका संजय र उनकी श्रीमति कमलाका नाममा रहेको ज्वेलरीले अवैध रुपमा करोडौं रुपैयाको वैंकिङ कारोवार गरिरहेको विषयमा जिज्ञासा राख्दा संजयले आफुले मात्रै नगरेको अन्य सुनचाँदी व्यवसायि समेतले गर्ने गरेको वताएका छन् । उनले वजारमा प्रतिनिधि नै राखेर आफुले वचत संकलन र रिन लगानी भने नगरेको दावी गरे । धरानको भानुचौक क्षेत्रवाट संकलन गर्दै गरेको अवस्थामा व्लाष्टले फेला पारेको विषयमा जिज्ञासा राख्दा उनले आफुले दिइएको रिन असुल्न गएको जनाए । सुनसरी सुनचाँदी व्यवसायी संघका अध्यक्ष किसन मास्केले संघका कुनै सदस्यले पासवुक नै राखेर वचत संकलन र रिन लगानी गर्ने गरेको भए त्यो संघको निति नियम र नेपालको कानुन विपरीत हुने वताएका छन् । उनले त्यसरी काम गर्नु अवैध हुने र त्यस्तो गर्नेलाई संघले संरक्षण नगर्ने जनाएका छन् । सुनसरीका सिडिओ मोहन चापाँगाईले सेन्चुरी वैकमा भएको गोलमालका विषयमा वुझ्न आफुले सम्वन्धित व्यक्तिलाई पत्र काटेर आईतवार कार्यालयमा उपस्थित हुन भनेको जानकारी गराएका छन् । उनले सरकारी अनुमति विना वैंकिङ गतिविधि गरेको पाईए कानुन वमोजिम कडा कारवाहि हुने वताएका छन् ।