धनकुटा/कानूनी रुपमा अवैध मानिने प्रतिबन्धित कालो गुजुरगानो खरिद–बिक्री गर्ने छजनालाई भोजपुर प्रहरीले बिहीबार अपराह्न स्थानीय प्याउली–३ स्थित प्याउली बजारबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा भोजपुरको चम्पे–२ का ४३ वर्षीय रमेश साप्कोटा, चम्पे–५ का ५३ वर्षीय बिपि थापा, धरान–१६ का ५० वर्षीय पत्रस मगर, इटहरी–९ का ४५ वर्षीय युगेन्द्र सापकोटा, इटहरी–८ कै ३५ वर्षीय लीलाराज गहतराज र मोरङको सुन्दरदुलारी नगपालिका गोठगाउँ घर भई इटहरी–८ मै बस्ने ३६ वर्षीय गणेश भन्ने घनश्याम पोखरेल रहेका छन् ।

jadibuti

भोजपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी राजकुमार लम्सालले अवैध मानिने गुजुरगानो बिक्री गर्न ग्राहक कुरिरहेको विशेष सुराकको आधारमा प्रहरीले छापा मार्दा उनीहरुलाई पक्राउ गरिएको जनाए । डीएसपी लम्सालका अनुसार दुई हत्केलाले समेत समाउन मुस्किल पर्ने कालो गुजुरगानोसहित पक्राउ परेका ६ जनालाई जिल्ला वन कार्यालयको जिम्मा लगाइएको छ । जिल्ला वन अधिकृत दीर्घराज कोइरालाले कानूनी रुपमा प्रतिबन्धित गुजुरगानोसहित प्रहरीले उनीहरुलाई बुझाएकाले कानूनबमोजिम कारवाही हुने बताए ।