Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  •  निजी क्षेत्रसँग सहकार्य गर्छु – प्रधानमन्त्री

 निजी क्षेत्रसँग सहकार्य गर्छु – प्रधानमन्त्री

  • साउन ३१, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ/ प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक विकासका लागि आफ्नो नेतृत्वको सरकारले निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेपाल चेम्बर अफ कमर्सको एक प्रतिनिधिमण्डलसँगको भेटवार्तामा प्रधानमन्त्री दाहालले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक विकास जरुरी भएको बताएका हुन्र ।

prachanda आर्थिक विकासका लागि सरकार र निजी क्षेत्र मिलेर नै अगाडि बढ्ने उल्लेख गर्दै उहाँले रोजगारी अभिवृद्धि गर्ने कार्ययोजना ल्याउन उद्योगी तथा व्यबसायीलाई आग्रह गरे ।प्रधानमन्त्री दाहालले भन्नुभयो – “लाखौँ युवा वैदेशिक रोजगारीमा गएका छन् । उनीहरुको जीवन कष्टकर अवस्थामा छ । स्वदेशमै रोजगारीको वातावरण नबनाउने हो भने थप जटिलता पैदा हुन्छ । सरकार प्रभावकारी रुपमा कार्ययोजना ल्याउने तयारीमा छ । निजी क्षेत्रको पनि त्यसमा सकारात्मक सहयोग जरुरी छ ।” प्रधानमन्त्री दाहालका स्वकीय उपसचिव मनोहरि तिमिल्सिनाका अनुसार आफू प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै युवालाई रोजगारी दिने विषयमा नीतिगत निर्णय गरेको जानकारी दिँदै सोहीअनुसार कार्यक्रम ल्याउने र त्यसमा सहयोग गर्न चेम्बरका प्रतिनिधिमण्डललाई आग्रह गरेका  थिए । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक विधेयकहरु तत्काल अगाडि बढाउन, आपूर्ति व्यवस्थापनलाई सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न आफूहरुले प्रधानमन्त्रीसँग विशेष आग्रह गरेको जानकारी दिए । उहाँले मुलुकको व्यापार घाटा बर्सेनि बढ्दै गएकाले त्यसलाई कम गर्न निर्यात बढाउन र निर्यातजन्य उद्योगलाई अनुदान उपलब्ध गराउन तथा कर छुट गर्ने वातावरण बनाइदिन विशेष ध्यानाकर्षण गराइएको बताए । चेम्बरले रोजगारी अभिवृद्धिका लागि ठोस खाका र कार्ययोजना ल्याए सरकारलाई पूर्णरुपमा साथ दिन संस्था तयार रहेको बताएको थियो । व्यावसायिक कृषि, निर्यातजन्य उद्योग तथा आर्थिक विकासका लागि नीतिगत प्रस्टता र लगानीमैत्री वातावरण बनाउन चेम्बरले प्रधानमन्त्रीसँग आग्रह गरेको थियो । यस्तै, कालोबजारी ऐन संशोधन गर्न, तातोपानी नाका खुलाउन तथा पूर्वाधार विकासका योजना अघि बढाउन चेम्बरले आग्रह गरेको थियो । रासस

सम्बन्धित समाचार
एनपीएल क्रिकेटः चारटोली मैदानमा

काठमाडौँ । दोस्रो संस्करणको  नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल ...

झापा आएका १५ हात्ती मोरङतिरै फर्किए

झापा । यहाँ आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतिरै ...

चोकदेखि चिया पसलसम्म चुनावी चर्चा

लहान । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको चर्चा य ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
एनपीएल क्रिकेटः चारटोली मैदानमा
झापा आएका १५ हात्ती मोरङतिरै फर्किए
चोकदेखि चिया पसलसम्म चुनावी चर्चा
उमागौरी सहकारी ठगी प्रकरणः अञ्जलाले बुझाइन् एक करोडको बैङ्क ग्यारेन्टी
बीपीले यस्ता गल्ती नगरोस्
आजको राशिफलः २०८२ साल मङ्सिर २ गते मङ्गलबार
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड
शेख हसिना विरुद्धको फैसलाअघि बङ्गलादेशमा कडा सुरक्षा
दुर्गा प्रसाईंको पनि दल
बीपीमा सिस्टम अपग्रेडका नाममा बिरामीलाई सास्ती
आजबाट एनपीएलः उपाधि जित्ने लक्ष्यमा विराटनगर किङ्स
करिब तीन सय केजी गाँजासहित दुई पक्राउ
बचत पत्रः सरकारी ऋणपत्रको आकर्षण, विकल्प र वास्तविकता
आजको राशिफलः २०८२ साल मङ्सिर १ गते सोमबार
तिमी ध्वजे चढ्यौ ?
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved