धरान /धरान स्थित सेन्चुरी वैकको शाखा कार्यालयमा केहि महिना अघि भएको गोल्डलोनमा देखिएको सट फल्टको विषयमा मुछिएका ब्यक्ति र कर्मचारी आरोप प्रत्यारोपमा उत्रिएका छन् । धरानको पुतलीलाईन स्थित ईमान्युएल ज्वेलरीका संचालक संजय राई र तत्कालीन समयमा वैंकमा कार्यरत कर्मचारीहरु आरोप प्रत्यारोपमा उत्रिएका हुन् । sentury वैंक व्यवस्थापनले डुवेको करोडौ रुपैया असुल्न ताकेतालाई तिव्र वनाएपछि गुपचुप राखिएको यो विषयले फेरि व्यवसायिक क्षेत्रको माहौल तताएको हो । संजय राई सहितका व्यवसायीले धितो राखेको भन्दा कयौ गुणा वढि रिन लिएको यो विषयलाई वैंक व्यवस्थापनले गुपचुप राखेर नै भित्रभित्रै मिलाउने कोसीस गरिरहेको थियो ।संजयले सुन धितो राखेर करिव ९ करोड ३२ लाख रिन निकालेका थिए । तर वैंकमा ८ करोड ३५ लाख वरावरको धितो अपुग देखिएपछि यो विषय वाहिरिएको थियो । धितो भन्दा करिव ८५ प्रतिशत वढि रिन दिएको फेला परेपछि आत्तिएको वैंक व्यवस्थापनले यो विषयलाई लुकाउन निकै ठुलो कोसिस गरेको थियो । यो विषलाई ढाकछोप गर्न व्यवस्थापनले किर्ते कागजात तयार पारेको वैक स्रोतले खुलासा गरेको छ ।संजयसहित धरानका करिव आधा दर्जन सुन व्यवसायिसँगको कारोवारमा धितो भन्दा वढि लगानि गरिएको पाईएपछि व्यवस्थापनले तत्कालिन शाखा प्रमुख निखिल श्रेष्ठ र गोल्ड टेष्टर कुमार श्रेष्ठलाई निलम्वन गरेको थियो । निखिललाई गोल्ड लोन लाई ओभर डाफ्ट कर्जाको कागजात तयार पारेर व्यवस्थापन निकट रहेका कारण चोख्याईएको र श्रष्ठलाई भने प्रकृया नर्पुयाई हटाईएको वैंक स्रोतले वताएको छ । स्रोतका अनुसार तत्कालिन समयमा वैकको संचालक समितिमै रहेका विषन शाक्यको लोनमा करिव २ करोड र न्यु भिजनका संचालक ज्ञानेन्द्र पुर्कुटीको लोनमा करिव ३ करोड रुपैया धितो भन्दा वढि लगानि गरिएको थियो । गोल्ड लोनमा धितो भन्दा वढि करोडौ रुपैंया मिलेमतोमा लगानि गरेको पाईएपछि वैकले गोल्ड लोन आजका मितिसम्म वन्द गरेर राखेको स्रोतले जानकारी दिएको छ । संजय एक्लैको लोनमा ८ करोड रुपैया भन्दा वढि मिलेमतोमा लोन प्रवाह भएको भेटिएपछि उनलाई ईम्यानुएल ईन्भेष्टमेन्ट नामको कम्पनि खडा गर्न लगाएर ज्वेलरीको नाममा ४ करोड ७५ लाख र ईन्भेष्टमेन्टको नाममा ३ करोड ६० लाख कर्जाको छुट्टाछुटै कागज वनाएर सहि गराएर सुन घोटाला प्रकरणलाई ढाकछोप गरिएको पाईएको छ । संजयले आफुले सुन धितो राखेर गोल्ड लोन लिएको तर आफुले राखेको सुन वैंक वाटै हराएको जिकिर गरे । उनले वैंक व्यवस्थापनले आफुलाई पछि वसेर मिलाउने भन्दै ओडि लोनको कागज वनाएर गोल्डलोनको विषयलाई ढाकछोप गरिएको दावी गरेका छन् । उता तत्कालिन समयका मेनेजर निखिल श्रेष्ठले पनि गोल्ड लोनमा संजयसहित केहि रिनिमा समस्या देखिएको स्विकार गरेका छन् । उनले गोल्ड टेष्टर र संजयविच भएको कारोवारमा आफू सलग्न नरहेको दावी गरेका छन् । तर गोल्ड टेष्टर कुमार श्रष्ठले भने सुन गोलमालको विषयमा सवै दोष आफ्नो थाप्लोमा हालेर मेनेजर उम्किन खोज्नु न्यायसंगत नहुने जिकिर गर्छन । हरेक कारोवार मेनेजरको निगरानि र रेखदेखमा हुने भएकोले उनी समेत जिम्मेवार हुने उनको भनाई छ । ठुलो कारोवार र दैनिक लेनदेन हुने गरेकाले गडवडि भएपनि आफुले नियोजित रुपमा त्यो काम नगरेको उनले जिकिर गरेका छन् । संजयलाई दिईएको धितो भन्दा वढिको गोल्ड लोन ढाकछोप गर्न र राष्ट वैंकको कारवाहिवाट वच्न वनाईएको ओडि लोनमा पनि धितो सट रहेको स्रोतले दावि गरेको छ । जनताको करोडौ रुपैया वचत रहेको संस्थामा देखिएको यति ठुलो विषयलाई ढाकछोप गरिएको विषयमा छानविन गरी कारवाहि गरिनु पर्नेमा अर्कै लोन वनाएर लुकाउनु झन ठुलो अपराध हुने एक वैंकरले वताएका छन् । संजयले पनि आफुलाई नियोजित रुपमा फसाईएको दावी गरेका छन् । उनले वैक व्यवस्थापनले आफु र नातेदार समेतको सम्पति रोक्का गरेर अर्को लोनको कागजातमा सहि गराईएको जिकिर गरे । आफुले राखेको सुन वैंकवाटै गायव भएको आरोप लगाउदछन् । उनि भन्छन ‘ मैले धितो राखेर लोन लिएको हो तर कसरी ८ करोड भन्दा वढि फरक पर्छ तत्कालीन वैंक कर्मचारी र संजयविच आरोप प्रत्यारोप जारी छ । संजयले आफुलाई फसाईएको दावी गर्छन भने तत्कालिन कर्मचारी भने संजयले ८ करोड ३५ लाख रुपैया नतिर्ने कोसिसमा लागेको जिकिर गर्छन । करोडौ रुपैया विना सुन धितो नै रिन दिईएको विषय वजारमा चुहिएपछि वैंक व्यवस्थापनले यो विषयलाई गोप्य राख्नका लागि केहि संचारकर्मी र संचारमाध्यमसँग अघोषित सम्झौता नै गरेर संचारमाध्यमलाई पन्छाएको तत्कालिन समयमा वैंकमा रहेका एक कर्मचारीले वताएका छन् । उनि भन्छन ‘केहिलाई पैसा नै दिईयो र केहिलाई विज्ञापन दिएर मिलाईयो त्यहि भएर यति ठुलो घोटालाको विषयले प्रमुख संचारमाध्यमा स्थान नै पाएन । सुन घोटाला प्रकरणपछि निखिललाई आकस्मिक रुपमा केहि समय निलम्वन गरेर नेपालगंज सरुवा गरिएको थियो । उनको सरुवा पछि आएका हालका शाखा मेनेजर गणेश वराल भने केहि पनि वताउन चाहदैनन् । उनले आफ्नो कार्यकालमा कसैको लोनमा समस्या नरहेको र धितो भन्दा वढि लोन प्रवाह नभएको दावी गरेका छन् । नेपालगञ्जमा रहेका निखिल अहिले गोल्डलोन प्रकरण मिलाउन फेरि धरान आएका छन् । उनले केहि दिन यता धरानमा रहेर संजय सहितलाई राखेर छलफल गरिरहेका छन् ।आईतवार वैकको कार्यालय जाँदा पनि सजय , वराल र निखिल सँगै भेटिएका थिए ।