पाँचथर/ यो वर्ष पाँचथरका पाँच गाविसमा मानव अधिकार तथा शान्ति शिक्षा अभियान सञ्चालन हुने भएको छ ।

सन् २०१३ मा शुरु भएको अभियान यो वर्ष पाँचथरको प्राङबुङ गाविसमा रहेको कालिका मावि, मेमेङको मेमेङ मावि, सिदिनको सिद्धदेवी मावि, वलनेको बुद्धेश्वरी मावि र हाङगुमको इन्द्रावती माविमा सञ्चालन हुने आयोजक संस्था मानव अधिकार मञ्च, इलामका कार्यक्रम संयोजक ठाकुर श्रेष्ठले बताए ।

school उनका अनुसार यो अभियान यस वर्ष पूर्वाञ्चलका ७ जिल्लाका एक सय ३५ गाविसमा सञ्चालन हुनेछ । पूर्वाञ्चलमा पाँचथरसहित इलाम, झापा, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र सङ्खुवासभामा अभियान सञ्चालन हुने कार्यक्रम संयोजक श्रेष्ठले बताए । अभियानले बालमैत्री स्थानीय शासनलाई सहयोग पु¥याउने बताइएको छ ।