तरहरा / तिजमा पक्वान पकाउन ल्याइएको घिउमा विभिन्न अखाद्य बस्तु मिसाएको भेटिएपछि घ्यू नष्ट गरिएको छ । इटहरी ४ को मकालु क्लबले तीज मनाउन ल्याएको ३० केजी घिउ तताउँदा अस्वभाविक रुपमा घिउको रंग परिवर्तन भए पछि क्षेत्रीय गुणस्तर कार्यलय विराटनगरको ल्यावमा लगेर परिक्षण गरेको थियो । परिक्षणका क्रममा उक्त घिउमा अखाद्य पदार्थ मिसावट भएको ल्याब रिपोर्टले पुष्टि गरेपछि घ्यू नष्ट गरिएको छ ।
क्षेत्रीय गुण नियन्त्रण कार्यालयले खान नमिल्ने भनेर प्रमाणित गरेपछि क्लवका सवै सदस्य मिलेर घ्यू नष्ट गरेका छन् । क्लबका अध्यक्ष जगराज राईले नजिकैको ओम शान्ति डेरीबाट घिउ खरिद गरि लगेका थिए । तर डेरी सँचालकले आफुले जस्तो ल्याएको त्यस्तै विक्र गरेको भन्दै उत्पादनकर्ता सुनसरी पश्चिम कुशाहाका जगदेव यादवलाई झिकाएका थिए । यादवले आफुले केहि मिसावट नगरेको भन्दै आफु क्षतिपुर्ति दिन तयार रहेको बताएका छन ।
यता स्थानियले मानव स्वास्थ्य माथि गम्भिर खेलवाड गरि अखाद्य पदार्थ मिसावट गर्ने उत्पादक र विक्रेतालाई कडा कारवाहि गर्न माग गरेका छन् । उनीहरुले यस्तो हानिकारक घिउ खाएर अन्य मानिसहरुको स्वास्थ्यमा गम्भिर समस्या आउने भने भन्दै उनीहरुलाई कारवाही गर्नुपर्ने उनीहरुले माग गरेका छन् । स्यानीयवासी समशेर विष्टले चाडवाड नजिकिदै गर्दा घिउमा मिसवाट देखिएको भन्दै बजार अनुगमनलाई निरन्तरता दिनु पर्ने माग गरेका छन ।
मिसावट भएको घिउलाई क्षेत्रीय गुण नियन्त्रण कार्यलयका प्रतिनिधिको उपस्थितीमा खाल्डो खनेर पुरिएको छ । क्षेत्रीय गुण नियन्त्रण कार्यलये उत्पादक तथा विक्रेतालाई पहिलो पटकलाई चेतावनी दिएर छाडेको छ । क्षेत्रीय गुण नियन्त्रण कार्यालयका खाद्य अधिकृत पुष्प राईले घिउ उत्पादन गरिएको ठाउँको अवलोकन गरिएको जानकारी दिए । पहिलो पटकलाई चेतावनी दिएर छाडिएको जानकारी दिँदै अधिकृत राईले पुन यस्तो गरेको पाईए कडा कारवाही गरिने वताए ।
यता घिउमा मिसावट गर्ने यादवले नष्ट गरिएको घिउको क्षतिपूर्ति दिने प्रतिवद्दता जनाएका छन् । उनले अव यस्तो नगर्ने जनाए । नेपाली महिलाहरुको ठूलो चार्ड तीज नजिकिदै गर्दा बजारमा घिउमा मिसावट हुन थालेको भन्दै स्थानीयवासीहरुले बजार अनुगमनमा ध्यान दिन प्रशासनलाई आग्रह गरेको छ । अहिले बजारमा घिउको माग वढिरहेको बेला मिसावट युक्त बजारमा आउँन सक्ने भन्दै बजार अनुगमन प्रभावकारी वनाउँन स्थानीयवासीहरुले माग गरेका छन ।