
संखुवासभा / इटाली सरकारले प्रदान गर्ने ‘नाइट अफ् द अर्डर अफ् द स्टार अफ् इटाली’ अवार्ड २०१६ बाट पर्यटन व्यवासायी निमानुरु शेर्पा सम्मानीत हुनु भएको छ । मंगलबार आयोजित एक कार्यक्रममा इटालीलाई नेपालसँग सम्बन्ध बिस्तारमा सहयोग पुरयाएकाे भन्दै अवार्डबाट सम्मान गरेको छ । इटाली सरकारले नेपाल बिच सौहादपुर्ण सम्बन्ध बिस्तारमा शेर्पा अग्रणी भूमिका निर्वाह गरेको भन्दै इटाली राष्ट्रपतिद्वारा हस्ताक्षेरित अवार्ड कोलकाता, भारतका इटाली महाबाणिज्यदुत दामिआनो फ्रान्कोभिगले प्रदान ग¥यो । शेर्पाले इटाली जनतालाई नेपाल ल्याउन प्रोत्साहित गरेकै कारण नेपाली संस्कृतिमा इटाली जनताले आकर्षित र उत्साहित भएको भन्दै बाणिज्यदुतले शेर्पाको प्रसंसा गरे । थप इटाली र नेपालको संम्बन्ध नजिकीएको छ उनले भने, ।
सोलुखुम्बुको लुक्लामा जन्मिएका शेर्पा विगत दुई दशकदेखि पर्यटन व्यवसायमा कृयाशील छन् । नेपाल वायु सेवा निगम सञ्चालक समिति सदस्य समेत रहेका शेर्पा च्छोयू ट्रेकिङ्गका प्रबन्ध निर्देशक हुन् । इटाली सरकारबाट सम्मानीत हुने उनी पहिलो नेपाली हुन् । इटालीले आधिकारीक रुपमा नेपालमा इटालियन महावाणिज्य दुतावासको स्थापना गरी सकेको छ । पयर्टन व्यावसाहीसँगै शेर्पाले समाजजिक क्षेत्रमा योग्दान पु¥याउदै आएको छ । शेर्पाले मलेखुमा अस्पतालको स्थापना गरी त्यहाँका जनतालाई स्वास्थ्यसेवा प्रदान गर्दै आएको छ भने पर्यटन मजदुर र हिमपहिरोमा ज्यान गुमाएका पदप्रदर्शकका वालवालिकालाई पनि छात्रवृत्ति प्रदान गरि सहयोग गर्दै अएको छ ।
उनी फ्रेण्ड अफ नेपाल संस्थाबाट देशमा हिमाली क्षेत्रमा निशुल्क र अनिवार्य शिक्षालाई सहयोग गर्न विद्यालय निर्माण, छात्रबृत्ति र स्टेशनरी बितरण गर्दैै आएको छ । शेर्पाले पर्यटन व्यवसायलाई मध्यनजर गरी दशै सम्ममा अल्टीच्युड एयरल्यान्स भित्राउने अन्तिम तयारी समेत गरेको छ ।