तरहरा / सार्वजनिक निकाय तथा यस अन्तर्गतका विभिन्न कार्यालयको लेखा प्रणाली चुस्त नहुँदा बेरुजु फछ्र्यौट चुनौती बन्दै गएको छ । सरकारी नीति एवम् कार्यशैलीमा देखिएका कमजोरीका कारण सरकारमाथि बेरुजु फछ्र्यौटको बोझ थपिँदै गएको हो । पेश्की वितरणले निरन्तरता पाउनु र आन्तरिक नियन्त्रण प्रणाली फितलो हुनु जस्ता कारणले बेरुजु चुलिँदै गएको छ ।
सरकारी कार्यालयले रीत नपु¥याइ खर्च गरेर बेलामा फछ्र्यौट नगर्दा वर्षेनि बेरुजु रहिरहने रोगबाट इटहरी उपमहानगरपालिका पनि अछुतो छैन । विकास निर्माणका योजना दिने र त्यसका लागि बजेट निर्धारण गर्ने निकाय उपमहानगरपालिकामा बेरुजु वर्षौंदेखि फछ्यौट हुन सकेको छैन । वि.स. २०४१ सालदेखिको बेरुजु अहिलेसम्म फछ्र्यौट हुन सकेको छैन । त्यसमा पनि पेश्की बेरुजु थपिँदैछ । बेरुजु फछ्र्यौट गर्नुपर्ने धेरै ठेक्कापट्टा र विकास निर्माणका लागि गठन गरिएका उपभोक्ता समितिहरु छन् । उपमहानगरकै कर्मचारीहरुको पनि लाखांै बेरुजु फछ्यौट गरेका छैनन् ।
इटहरी उमपामा २०७२÷०७३ सालसम्मको ५ करोड २७ लाख ७८ हजार १ सय ५२ रुपैयाँ ६८ पैसा बेरुजु देखिएको छ । त्यसमा पनि कार्यालयकै कर्मचारीहरुले समेत फछ्र्यौट गरेको पाइँदैन । उमपाका लेखा अधिकृत लखन चौधरीले पञ्चायतकालदेखिकै बेरुजु अभैm बाँकी रहेको बताए । आव २०४१÷०४२ सालदेखिको बेरुजु अहिलेसम्म फछ्र्यौट नभएको उनले भने । चौधरीले त्यसो भनेपनि फछ्र्यौट गर्न ताकेता भने गर्ने गरेका छैनन् ।
आव २०७०÷०७१ सालदेखि पेश्की बेरुजु बढ्दै गएको देखिन्छ । बेरुजु कार्यालयकै कर्मचारीहरुको धेरै देखिन्छ । पूर्व कार्यकारी अधिकृत पशुपति खतिवडादेखि कर्मचारीहरुले ठूलो रकमको बेरुजु फछ्यौट गरेका छैनन् । पूर्व कार्यकारी अधिकृत खतिवडाको नाममा ४० हजार ८ सय ६७ रुपैयाँ बेरुजु देखिन्छ । यस्तै उमपाकै वरिष्ठ इञ्जिनियर अर्जुन दाहालको नाममा ३ लाख २२ हजार १ सय ८१, उमपा सामाजिक शाखाका प्रोक्षण पोखरेलको नाममा ३ लाख ६८ हजार ४ सय २५, खरदार महेश सुवेदीको नाममा २० हजार, शाखा अधिकृत राजेन्द्र धिमालको नाममा ३ लाख २२ हजार रुपैयाँ पेश्की बेरुजु देखिन्छ ।
यस्तै नगरपालिका एशोसिएसन इटहरीका इकाई अध्यक्ष तथा सुब्बा अर्जुन सुवेदीको नाममा ७ लाख, सुब्बा घनश्याम गिरीको नाममा ५ लाख, उमपाका खरदार सुनील गुरागार्इंको नाममा १२ हजार, खरदार गायत्री लम्सालको नाममा १३ हजार रुपैयाँ पेश्की बेरुजु रहेको लेखा अधिकृत चौधरीले दिएको तथ्याङ्कमा देखिन्छ । फछ्र्यौट नगर्नेमा उपभोक्ता समितिहरु धेरै छन् । उपभोक्ता समिति मात्र नभइ कलाकारदेखि पत्रकारसम्मले बेरुजु पछ्यौट गरेका छैनन् । नाम चलेका कलाकार विक्रम श्रिले २२ हजार रुपैयाँ र पत्रकार याम प्रधानले डकुमेन्ट्री निर्माण गर्न भन्दै लगेको ५० हजार पनि फछ्र्यौट नभएको इटहरी उमपाले जनाएको छ ।
यता उमपाका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले भने बेरुजुमा कडाइ गर्न थालेको बताएका छन् । उनले त्यसो भनेर पन्छिएपनि उपभोक्ता समूह तथा ठेकेदारहरुले लामो समयदेखिको बेरुजु फछ्र्यौट गरेको पाइँदैन । उमपाले पेश्की फछ्र्यौटमा कडाइ नगरेको भन्दै केही कर्मचारीले कर्मचारीहरुकै आलोचना गर्न थालेका छन् ।