भद्रपुर/ कर्मचारीकै संलग्नतामा भन्सारमा भष्ट्रचार मौलाएको भन्दै राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन झापा क्षेत्र नम्बर ३ ले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल अन्तरगतको युवक संगठनका क्षेत्रीय अध्यक्ष सागर घिमिरे, पार्टीका युवा नेता अभिषेक ढुंगाना लगायतको एक टोलीले आइतवार झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ज्ञापनपत्र बुझाएका हुन् । vansar-photo भद्रपुृर भन्सारमा बढदो भष्ट्रचार र अनियमितताको बारेमा ध्यानआकर्षण गराउदै संगठनका क्षेत्रीय अध्यक्ष घिमिरेले चारबँुदे माग सहितको ज्ञापन पत्र प्रजिअ भुजेललाई बुझाएका थिए । मेची भन्सार कार्यालय काकरभिट्टा अन्र्तरगत रहेको भद्रपुर छोटी भन्सारमा भइरहेको खुलेआम भष्ट्रचारतन्त्र एवम कमिशनखोरी तुरुन्त बन्द गर्नुपर्ने, स्थानीय व्यवसायी सहि तरिकाले राजश्व बुझाई व्यवसाय गर्ने गरेकोमा ती व्यवसायीसंग अनैतिक तवरले अनिवार्य खाजा खर्चको रुपमा कर्मचारीबाट रकममाग गर्ने कार्य तुरुन्त बन्द गरी व्यवसायी हकहितको संरक्षण गर्नुपर्ने, भष्ट्र कर्मचारीलाई छानविन गर्नुका साथै कार्वाही गरी भष्टचार मुक्त भन्सार सेवा प्रदान हुनुपर्ने र तस्करीको अनुपम नमुनाको रुपमा तस्करहरुले भद्रपुर छोटी भन्सारलाई मात्र नभई केचना सम्मको खुल्ला सिमाको फाइदा उठाउदै एवम सुरक्षा निकाय सम्मलाई प्रभावमा पारी राजश्व माथि प्रभाव पारेकोमा सोको स्वच्छ अनुगमन र छानविन गरी बन्द गराउनु पर्ने माग अघि सारेको पार्टीका युवा नेता ढुंगानाले बताए । ब्लाष्टमा एक सातादेखि भद्रपुर भन्सारमा कर्मचारीको सेटिङमा अनियमितता तथा आर्थिक चलखेल हुने गरेको बारेमा श्रखलाबद्ध रुपमा समाचार प्रकाशन हुन थालेपछि प्रजातान्त्रिक युवक संगठनको ध्यानकेन्द्रित भई प्रशासनमा ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझदै प्रजिअ भुजेलले भद्रपुर भन्सारमा हुने गरेको भष्ट्रचारको बिषयमा पटक पटक मेरा समक्ष कुरा आइसकेकोले युवक संगठनले उठाएको आवाज सहि भएको बताए । उनले संगठनले बुझाएको ज्ञापनपत्र सहित पत्रिकामा आएको समाचारको कटिङसहित मेची भन्सार कार्यालय प्रमुखलाई पठाएर स्पष्टिकरण माग गरिने बताए । राजश्व सुरक्षा निकायको बैठकमा समेत यस कुरालाई गम्भिरतापूर्वक उठाएर भन्सारलाई भष्ट्रचारमुक्त बनाउने अभियान सञ्चालन गर्ने प्रतिवद्धता समेत उनले बताए । जिल्ला प्रहरी कार्यालय झापाका एसपी शैलेस थापा क्षेत्रीले भन्सारमा भइरहेको भष्ट्रचारको बिषयमा सञ्चारमाध्यममा समाचार आएलगतै यस बिषयमा प्रमुृख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको बताए । भन्सारको अनियमितता रोक्न जिल्ला सुरक्षा निकायको बैठकमा छलफल गरिने एसपी क्षेत्रीले जनाएका छन् । भन्सारम हुने गरेको भष्ट्रचार रोक्न राजश्व अनुसन्धान विभागसंग सहकार्य गर्नुका साथै प्रहरीले भन्सारमा निगरानी बढाउन टोली खटाइसकेको बताए ।पछिल्लो केही महिनादेखि भन्सारका प्रमुखदेखि कर्मचारीको आपसी सेटिङमा न्युनतम ८ देखि अधितम २० हजार रुपैया पर्ने एउटा पोकालाई तीन पोका बनाई ३ देखि ४ हजारमा मात्र राजश्व तिर्ने गरेको घटना सार्वजानिक भइसकेको छ ।