यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन गरेर अहिलेको समस्या समाधान हुन सक्दैन भन्दै संविधानमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिए ।
उनले माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी जिएमआरलाई दिएकामा सङ्घर्ष जारी राख्ने जनाउँदै त्यसलाई तामाकोसी स्वरुपमा काम हुनुपर्ने बताए । उनले सिपी गजुरेलको नेतृत्वमा अब छिट्टै संयुक्त मोर्चा गठन नयाँ जनवादी दिशामा जाने जानकारी दिए ।