आर्थिक समृद्धिका लागि संसदीय प्रणालीको अन्त्यः डा भट्टराई
आर्थिक समृद्धिका लागि संसदीय प्रणालीको अन्त्यः डा भट्टराई
साउन २२, २०७३
ब्लाष्ट खबर
सुरुङ्गा (झापा) / नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले संसदीय प्रणाली अन्त्य नभएसम्म मुलुक आर्थिक समृद्धितर्फ अघि नबढ्ने बताएका छन ।
पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टराईले शनिबार झापाको बिर्तामोडमा बिर्तामोड प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपतीय प्रणालीअनुसार देश अघि नबढे देशको आर्थिक विकास नहुने बताए ।
उनले मुलुकको पहिलो आवश्यकता भनेको विकास र समृद्धि भएको बताउँदै सत्ताको फोहोरी खेलले देशको विकास नहुने बताए ।
संविधान आफैँमा अपूर्ण भएको बताउँदै नेता भट्टराईले भने, गणतन्त्रलाई संस्थागत गर्न मात्र आफूले संविधानमा हस्ताक्षर गरेको हुँ । विद्यामान राजनीतिक अस्थिरताको अन्त्य गर्न सबै मिलेर संविधान संसोधन गर्नुपर्ने उनको भनाइ थियो ।