Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राशिफल
  • विनियमावली ल्याउन निर्देश

विनियमावली ल्याउन निर्देश

alt
  • साउन २१, २०७३
  • ब्लाष्ट खबर

काठमाडाँ/ सार्वजनिक खरिद ऐनलाई प्रभावकारी कार्यान्वयन गर्न नियमावली ल्याउन व्यवस्थापिका–संसद्, विकास समितिले सरकारलाई निर्देश गरेको छ ।

हाल सो नियमावली प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विचाराधीन छ । सार्वजनिक निर्माण कार्यलाई अझ गुणस्तरीय, जवाफदेही र समयमा सम्पन्न गर्न नियमावलीको आवश्यकता रहेको भन्दै समितिले सबै पक्षमा सुझावका आधारमा विनियमावली ल्याउन पनि सरकारलाई भनेको हो । sansad समितिका सभापति रवीन्द्र अधिकारीको अध्यक्षतामा आज बसेको बैठकले सार्वजनिक निर्माण कार्यलाई तोकिएको समयसीमाभित्र सम्पन्न गर्न निर्माण व्यवसायीलाई थप जिम्मेवारी बनाउन सङ्घीय मामिला तथा स्थानीय विकास तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशसमेत गरेको छ । ती दुई मन्त्रालयलाई ‘क्लाइन्ट, कन्स्ट्रक्सन, कन्सल्टेन्सी’ यी तिनै पक्षको प्रभावकारी अनुगमन गर्न, सार्वजनिक निर्माणमा प्रयोग हुने सामग्रीको अभाव हुन नदिन पनि बैठकले निर्देश गरेको छ । बैठकमा समितिका सदस्य गणेश पहाडी, मोहन बानियाँ, जीवनबहादुर शाही, प्रकाश शर्मा पौडेल, यज्ञराज सुनुवार, रञ्जना झा, सीतादेवी यादव, रामचन्द्र पोखरेल, प्रेम आले, गणेससिंह ठकुन्ना, सीता गिरीले निर्माण व्यवसायीले कामको जिम्मा लिने तर समयमा पूरा नगर्ने प्रवृत्ति बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँहरुले कम दरमा बोलपत्र पेस गरी निर्माणको कामको जिम्मा लिने प्रवृत्तिले सार्वजनिक कामको गुणस्तरमाथि प्रश्न उठिरहेको चर्चा गर्दै यस्तो प्रवृत्तिको अन्त्य गरिनुपर्छ भन्नुभयो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव मेहन्द्रमान गुरुङले सार्वजनिक निर्माण कार्यको अनुगमन गर्न मन्त्रालयले टोली परिचालन गरेको जानकारी बैठकमा दिनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुन कार्कीले सार्वजनिक खरिद विनियमावली ल्याउन ढिलाइ गर्न नहुने बताउनुभयो । स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागका महानिर्देशक रामकृष्ण सापकोटाले केन्द्रीय निकाय र स्थानीय निकायबाट हुने सार्वजनिक काम फरक प्रकृतिका हुने चर्चा गर्दै कामको जिम्मेवारी लिएपछि पूरा गर्ने व्यावसायिक धर्म निर्माण व्यवसायीले पूरा गर्नुपर्छ भन्नुभयो । रासस

सम्बन्धित समाचार
मुस्ताङमा हिमपात

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका(१ रानीपौवास्थित मुक्तिनाथ क्षेत् ...

राष्ट्रिय सुरक्षा तालिम सुरु

विजयपुर । रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा शिवपुरीस्थित सैनिक कमाण ...

विकास खर्च १९ प्रतिशत

विजयपुर । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर देखिएको छ ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
मुस्ताङमा हिमपात
राष्ट्रिय सुरक्षा तालिम सुरु
विकास खर्च १९ प्रतिशत
गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री नबनाएको टङ्क दाहालको दाबी भ्रामक
फागुनमा पाथीभरामा ३१ लाखभन्दा भेटी सङ्कलन
श्रम संस्कृति पार्टीः बन्दसूचीबारे सामाजिक सञ्जालमा रोइलो
कसरी चयन हुन्छन् समानुपातिकतर्फका सांसद् ?
भ्रम फैलाएको आरोपमा युएईमा एक नेपालीसहित १० पक्राउ
जेन जी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
आजको राशिफलः २०८२ साल चैत १ गते आइतबार
अकबरे खुर्सानी रोप्न व्यस्त किसान
आजको राशिफलः २०८२ साल फागुन ३० गते शनिबार
पाँचथरमा खानेपानी संकटः बस्ती छाड्न बाध्य स्थानीय
अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार
बलात्कार र हत्याका विरुद्ध धरानमा प्रदर्शन
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved