-
Home
-
राशिफल
-
बेलायती राजदूतद्वारा प्रधानमन्त्रीलाई शुभकामना
बेलायती राजदूतद्वारा प्रधानमन्त्रीलाई शुभकामना
- साउन २१, २०७३
- ब्लाष्ट खबर
काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालका लागि बेलायतका राजदूत रिजार्च मोरिस र बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग( डिएफआइडी)का नेपालस्थित कार्यालयका प्रमुख गेइल मार्जेटीले भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री दाहालको निजी निवास लाजिम्पाटमा भएको भेटवार्तामा राजदूत मोरिसले नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको बधाइ दिँदै सफल कार्यकालको कामना गरेका थिए ।
नेपाल र बेलायतबीचको मैत्री सम्बन्धलाई नयाँ उचाइमा उठाउन आफू र आफ्नो नेतृत्वको सरकारले महत्वपूर्ण काम गर्ने भन्दै प्रधानमन्त्रीले एक आपसमा मिलेर काम गर्ने विचार समेत व्यक्त गरेको उनकाे सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
प्रधानमन्त्रीले बेलायत सरकार र बेलायती जनताको तर्फबाट प्राप्त भएको बधाईप्रति धन्यवाद दिएको थियो । यस्तै विकास साझेदार डिएफआइडीले नेपालको विकासमा पु¥याएको सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा थप सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गरेका थिए ।
फाइल फाेटाे