कांग्रेसबाट उपप्रधान तथा गृहमन्त्रीमा विमलेन्द्र निधिलाई बनाइएको छ । केसीले गृह नपाए सरकारमै नजाने निर्णयमा पुगेको उनका सहयोगी सरोज केसीले बताएका छन् । हालसम्म केसीको मन्त्रालय तोकिएको छैन् ।
पार्टी सभापति शेरबहादुर देउवाले उनलाई रक्षा वा स्वास्थ्य मध्ये एकमा जानको लागि आग्रह गरेका थिए । तर, केसीले गृहको अडान लिएपछि सपथ लिने कार्यक्रममासमेत कांग्रेसबाट दुई मन्त्री मात्रै परेका छन् ।
केसीले नै सरकारमा जानको लागि नेतृत्वको दाबी गरेका थिए । तर, बिहीबार बिहानको भेटमा केसी मन्त्री बन्न तयार भएपछि उनको नाम सिफारिस भए पनि गृह नपाएपछि नगएका हुन् ।
































