काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहालले आफू विरुद्ध नारा लगाइ प्रदर्शन गरेको आरोपमा पक्राउ परेका श्याम खत्रीलाई तत्काल छाड्न नेपाल प्रहरीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निर्वाचित भएलगत्तै बुधबार साँझ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले माइतीघर मण्डलामा आयोजना गरेको एक कार्यक्रममा अर्धनग्न रुपमा प्रदर्शन गरेका खत्रीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रधानमन्त्री दाहालका तर्फबाट उनका पुत्र प्रकाश दाहालले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई आज टेलिफोन गरी पक्राउ परेका खत्रीलाई छाडिदिन आग्रह गरेका हुन् । प्रहरीले पक्राउ परेका खत्रीलाई आजै छाड्ने जनाएको छ ।