narendra-modiधरान /  नवनिर्वा्चित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । प्रधानमन्त्री निर्वा्चित भएर निजी निवास जाँदै गर्दा प्रचण्डलाई मोदीले टेलिफोन गरेर बधाई दिएका हुन् । प्रचण्डका सहयोगी जोगबहादुर महरा ‘प्रताप’ले भने, ‘मोदीले सर्वप्रथम बधाई दिदै कार्यकालको सफलताको शुभकामना दिनुभएको छ र मौखिक रुपमा भारत भ्रमणको निम्तो समेत दिनुभएको छ ।’ त्यस्तै, नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले भने प्रचण्ड निवासमै पुगेर प्रधानमन्त्री पदमा निर्वा्चित भएकोमा प्रचण्डलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् । यता काठमाण्डौस्थित चिनियाँ राजदूत ऊ चुन्ताईले दाहाल निवास लाजिम्पाटमा पुगेर उनँलाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र चिनियाँ जनताका तर्फबाट बधाई दिएका छन् ।