Prachanda pradhan

धरान/नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा बुधबार निर्वाचित भएका छन् ।प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रो पटक हो ।

यसअघि २०६५ सालमा पनि प्रचण्ड प्रधानमन्त्री बनेका थिए । गणतान्त्रिक नेपालमा दुईपटक प्रधानमन्त्री बन्ने प्रचण्ड पहिलो कम्युनिष्ट नेतासमेत बनेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावको पक्षमा ३६३ र विपक्षमा २१० मत खसेको छ । संसद बैठकमा जम्मा ५७३ सांसद उपस्थित थिए ।

प्रचण्ड–यात्रा

पिता मुक्तिराम र माता भवानीका ज्येष्ठ पुत्र प्रधानमन्त्री प्रचण्डले रामपुर कृषि क्याम्पसबाट कृषिमा बि.एस्सी गरेर एम.पी.ए.सम्म गरेका छन् । २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइँसराइ गरेका प्रचण्डको वि.सं २०२६ बैशाखमा सीता पौडेलसँग विवाह भएको हो । उनका तीन छोरी र एक छोरा छन् ।

जेठी छोरीको क्यान्सरबाट निधन भइसकेको छ । उनी नारायणी विद्यामन्दिर मा.वि. शिवनगरमा २०२९ साल, डण्डा मावि नवलपरासी र भीमोदय मावि, आरुघाट, गोरखा २०३३–०३५ सालमा अध्यापन गरी २०३२ सालमा युएसएडमा सेवारत रहेका थिए । वि.सं २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनैतिक जीवन प्रारम्भ गरेका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा माक्सवादी अध्ययन समूह गठन गरेका थिए । उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए । उनी विसं २०३८ मा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए ।

विसं २०४१ मा नेकपा (मशाल) को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा–एकता केन्द्रको महामन्त्री भए । यसैगरी २०५१ सालमा तत्कालीन नेकपा एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछिको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री भएका प्रचण्ड २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भए ।

विक्रम सम्वत् २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर भएका प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौँमा भूमिगत जीवनबाट सार्वजनिक भएका थिए । उनी पहिलो संविधान सभा निर्वाचनमा काठमाडौँ १० र रोल्पा–२ बाट निर्वाचित भएका थिए भने दोस्रो संविधान सभा निर्वाचनमा सिराहा ५ बाट निर्वाचित भएका हुन् । हाल उनी नेकपा माओवादी केन्द्रको अध्यक्ष छन् ।

यस्तो छ प्रचण्डको व्यक्तिगत विवरण

नाम : पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुबाको नाम : मुक्तिराम दाहाल आमाको नाम : भवानी दाहाल जन्म स्थान : ढिकुरपोखरी गाविस, वडा नं. २ लेवाडे, कास्की जन्म मिति : वि.सं. २०११ मङ्सिर २६, इ.सं. डिसेम्बर ११, १९४५ दाजुभाई/दिदीबहिनी : १ भाइ, ६ दिदी बहिनी वैवाहिक अवस्था : विवाह सिता दाहालसँग, वैशाख २०२६ परिवार – श्रीमती : सीता दाहाल छोरो : प्रकाश दाहाल छोरीहरू : ज्ञानु दाहाल, रेणु दाहाल र गंगा दाहाल बसाईसराई : वि.सं. २०१९ मा शिवनगर गाविस, चितवन बसाई सराई शैक्षिक योग्यता – साक्षर : ढिकुर पोखरी, कास्की माध्यमिक तह : नारायणी विद्या मन्दिर मा.वि., शिवनगर, चितवन आई.एस.सी. : २०२७–२०२९ पाटन बहुमुखी क्याम्पस, ललितपुर बी.एसी.एजी. : २०३१–२०३३ कृषी क्याम्पस, रामपुर, चितवन एम.पी.ए. (अधुरो) : त्रिभुवन विश्वविद्यालय, काठमाडौं सेवाः शिक्षक : वि.सं. २०३० सालमा नारायणी विद्या मन्दिर माध्यमिक विद्यालय, शिवनगर वि.सं. २०३० सालमा जना माध्यमिक विद्यालय, त्रिभुवनटार, नवलपरासी वि.सं. २०३३–२०३५ साल सम्म भिमोदय माध्यमिक विद्यालय, आरुघाट, गोरखा संक्षिप्त राजनीतिक पृष्ठभूमि वि.सं. २०२८ सालमा पुष्पलाल समुहबाट पार्टी सदस्यता प्राप्त वि.सं. २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश वि.सं. २०३५ सालमा पूर्णकालीन कार्याकर्ता वि.सं. २०३६ सालमा चितवन जिल्ला समिति सदस्य वि.सं. २०३८ सालमा क्षेत्री ब्यूरो सदस्य वि.सं. २०३८ सालमा अखिल नेपाल युवक संघको केन्द्रीय महासचिव वि.सं. २०४१ सालमा नेकपा (मशाल)को केन्द्रीय समितिको सदस्य वि.सं. २०४२ सालमा नेकपा (मशाल)कोे पोलिटब्यूरो सदस्य वि.सं. २०४६ सालमा नेकपा (मशाल)को महामन्त्रीमा निर्वाचित वि.सं. २०४६ सालमा नेकपा (एकता–केन्द्र)को महामन्त्रीमा निर्वाचित वि.सं. २०५१ सालमा नेकपा (माओवादी) को महामन्त्रीमा निर्वाचित वि.सं. २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा (माओवादी) को अध्यक्षमा निर्वाचित वि.सं. २०५८ सालमा जनमुक्ति सेना, नेपालको सर्वोच्च कमाण्डर वि.सं. २०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलनबाट सार्वजनिक वि.सं. २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनबाट काठमाडौं क्षेत्र नं. १० र रोल्पा क्षेत्र नं. २ बाट संविधान सभा सदस्य निर्वाचित वि.सं. २०६५ श्रावण ३१ गते गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित वि.सं. २०६६ सालमा प्रतिपक्ष दलको नेता वि.सं. २०६९ बृहत लुम्बिनी विकास निर्देशक समिति, अध्यक्ष वि.सं. २०६९ एकताको सातौं राष्ट्रिय महाधिवेशनबाट एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को अध्यक्षमा निर्वाचित वि.सं. २०७० प्रतिपक्ष दलको नेता, एकीकृत नेकपा (माओवादी) वि.सं. २०७१ विराटनगर राष्ट्रिय सम्मेलनबाट एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवदी), अध्यक्षमा निर्वाचित वि.सं. २०७२ उच्चस्तरीय राजनीतिक समन्वय समित, संयोजक वि.सं. २०७३ साल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), अध्यक्षमा निर्वाचित प्रकाशित रचनाहरू : – नेपाली क्रान्तिका समस्याहरू (भाग १, २ र ३) – प्रचण्डका संकलित रचनाहरू (भाग १ र २) – प्रचण्का संकलित सैन्य रचनाहरू