प्रम अाेलीले छाडे बालुवाटार
- साउन १९, २०७३
- ब्लाष्ट खबर
भक्तपुर/प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन् ।
व्यवस्थापिका–संसद् बैठकले आजै नयाँ प्रधानमन्त्री निर्वाचित गर्ने निश्चित भएपछि उनले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार छोडेका हुन् ।
प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नुअघि त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीसँग भलाकुसारी गरी सहयोगका लागि धन्यवाद दिएकाे उनका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
आज बिहान प्रधानमन्त्री ओलीले बालुवाटार हाताभित्र पिपलको बोटसमेत रोपेको थियो । निवास छोडेलगतै उनी व्यवस्थापिका–संसद् बैठकमा भाग लिन नयाँबानेश्वर पुगेका छन् ।
यसैबीच प्रधानमन्त्री ओली भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा सर्दा स्वतन्त्र युवा अभियानको नेतृत्वमा उनका समर्थकहरुले नयाँबानेश्वरबाट स्वागत गर्दै बालकोट पु¥याउने तयारी गरेको प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए ।
नयाँबानेश्वरबाट ओली निवास बालकोटसम्म उनलाई मोटरसाइकल तथा गाडीले स्कर्टिङ गरेर लैजाने तयारी गरिएको युवा सङ्घका पूर्व अध्यक्ष महेश बस्नेतले बताए ।