प्रधानमन्त्री पदको उम्मेदवारीको सूचना
- साउन १९, २०७३
- ब्लाष्ट खबर
काठमाडौँ / व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसद पुष्पकमल दाहालले नेपालको प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गर्दै छिन ।
नेपालको संविधानको धारा २९८ को उपधारा ९३० एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को नियम ४९ को उपनियम ९४० बमोजिम उनले उक्त पदमा उम्मेदवारीको सूचना प्रस्तुत गर्ने कार्यसूची व्यवस्थापिका–संसद्ले प्रकाशन गरेको छ ।
संसद्को आजको कार्यसूचीअनुसार उक्त उम्मेदवारीको सूचनाको प्रस्तावक सांसद शेरबहादुर देउवा र समर्थक अर्का सांसद कृष्णबहादुर महरासमेत १६ जनाले समर्थन मन्तव्य दिने कार्यक्रम छ ।
त्यसपछि उक्त उम्मेदवारीको सूचनालाई सभामुख ओनसरी घर्तीले निर्णयार्थ प्रस्तुत गर्दै छिन ।
आज बिहान ११ बजेका लागि निर्धारण भएको संसद् बैठक अहिलेसम्म प्रारम्भ भएको छैन ।