दाङ / नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले संसदीय व्यवस्थाबाट देशको विकास र राजनीतिक स्थिरता नहुने बताएका  छन् । नेपाल पत्रकार महासङ्घ दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार समेलनमा डा भट्टराईले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने शासकीय स्वरुपमा मुलुकलाई लैजानुपर्ने बताए ।